जलालाबाद- अफगानिस्तानको पूर्वी प्रान्त नानगार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण गोली चल्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ।
बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा तीन दाजुभाइबीच मंगलबार राति भएको गोलीकाण्डमा परी उनीहरुका काका, उनकी श्रीमती र चार बालबालिकाको मृत्यु भएको प्रान्तीय गभर्नरद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ भने अनुसन्धान जारी रहेको विज्ञप्तिमा बताइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।