रियो दि जेनेरियो– ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ।
पारा प्रदेशको राजधानी बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजेतिर सो घटना भएको अधिकारीहरूले बताएका छन्।
कारागारमा रहेका कैदीहरूलाई भगाउन एउटा सशस्त्र समूहले कारागारमा आक्रमण गरेको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।
मृत्यु भएका १९ जनामध्ये कोही कैदी र कोही उनीहरूका समर्थक भएको पहिचान भएको छ। मारिने १ जना भने सुरक्षा गार्ड रहेका छन्।
घटनामा परी अन्य ४ जना सुरक्षा गार्ड घाइते भएका समाचारमा जनाइएको छ। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ।
आक्रमणकारीहरूले कारागारको सुरक्षाका लागि खटिएका ६ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर आक्रमण गरेका थिए। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।