भक्तपुर- नयाँ वर्षको आगमनसँगै भक्तपुर उपत्यकामा बिस्केट जात्राको रौनक सुरु भएको छ। तौमढीबाट भैरवको रथ तानेर मंगलबार साँझ सुरु भएको जात्रा ८ रात ९ दिनसम्म मनाइने गरिएको छ।
तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आआफ्नो क्षेत्रमा लैजानका लागि रथ तान्ने गर्छन्। रथलाई मध्यरातिसम्म पनि तानेर पुनः गहिटी ल्याएर राख्ने र त्यसपछि रथ तान्न रोक्ने परम्परा छ।

यो जात्रा नेपाल संवत २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ।
हेर्नुस् भिडियो-
प्रत्येक वर्षको बैसाख ५ गते जात्राको अन्तिम दिन भएकाले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखिन्छ। त्यहाँ बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरेपछि जात्रा सम्पन्न हुन्छ।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।