टोकियो– दक्षिण–पश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर १ जनाकाे मृत्यु भएकाे छ भने ५ जना बेपत्ता भएका छन्। उनीहरुको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको अधिकारीहरुले बुधबार जनाएका छन्।
स्थानीय समयानुसार बुधबार बिहान ३ः५० मा गएको पहिरोले याबाकैका ३ ओटा घर बगाउँदा उनीहरु बेपत्ता भएको स्थानीय अधिकारीहरुले जनाएका छन्।
स्थानीय अधिकारीहरुका अनुसार पहिरो गएको ठाउँबाट माटो हटाउन विभिन्न यन्त्रहरु मगाइएको छ।
सुरक्षाकर्मीहरुले पनि उद्धार तथा खोजीका लागि घटनास्थलमा सहयोग गरिरहेको उनीहरुले बताएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।