काठमाडौं– मेगा बैंक नेपालले नयाँ वर्षको अवसरमा ग्राहकका लागि बचत र मुद्दती खातामा नयाँ ‘अफर’हरू ल्याएको छ। बैंकले उक्त ‘अफर’ अन्तर्गत ग्राहकहरुको मागलाई लक्षित गर्दै ८ प्रतिशत सर्वप्रिय बचत खाता सञ्चालनमा ल्याएको हो।
बैंकका अनुसार यो ‘अफर’अन्तर्गत भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेन्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा निशुल्क प्रदान गर्ने जनाएको छ। यसैगरी खाता खोल्ने हरेक ग्राहकलाई ५ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको बैंकले जनाएको छ।
त्यस्तै, लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको बैंकले जनाएको छ।
साथै, बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक वर्षे मुद्दति खाता पनि सुरुवात गरेको छ। ५ लाख रुपैयाँ न्यूनतम बचत रहेको १० प्रतिशत ब्याज पाइने मुद्दति खाता अहिले पनि सञ्चालनमा छ।
८ प्रतिशत ब्याज पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता वैशाख २ गतेबाट सञ्चालनमा आउने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।