वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहकारले राजिनामा दिएका ह्वाइट हाउसले जनाएको छ।
ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै आएका टम बोसटले मङ्गलबार नै राजिनामाको घोषणा गरेका हुन्।
‘राष्ट्रपति ट्रम्पले सुरक्षा सल्लाहाकारद्वारा राजिनामापछि पनि अमेरिकी सुरक्षाका लागि गरेको प्रतिवद्धताप्रति आभार व्यक्त गर्नुभएको छ,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सारा सेन्डर्सले बताइन्।
टमको राजिनामा जोन बोल्टनले राष्ट्रपतिको चौँथो राष्ट्रिय सुरक्षा सल्लाहाकारका रूपमा जिम्मेवारी सम्हालेपछि आएको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।