वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा ल्याटिन अमेरिकाका लागि तय गरिएको भ्रमण रद्द भएको ह्वाइट हाउसले मङ्गलबार जनाएको छ।
राष्ट्रपति ट्रम्पले यसै हप्ता पेरु र कोलम्वियाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो। पेरुमा हुने अमेरिकी मुलुकहरूको शिखर सम्मेलनमा उनी सहभागी हुने कार्यक्रम थियो।
ह्वाइट हाउसद्वारा जारी एक विज्ञप्ति अनुसार सिरियाबारे अमेरिकी प्रतिक्रिया तयार गर्न उनको भ्रमण रद्द भएको हो।
यसैबीच उक्त सम्मेलनमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्न उपराष्ट्रपति माइक पेन्स जाने पनि विज्ञप्तिमा उल्लेख छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।