दमास्कस– सिरियाको पूर्वी क्षेत्र डुमामा सरकारद्वारा गरिएको भनिएको ‘रासायनिक हतियार आक्रमण’बारे अनुसन्धानका लागि आउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरिएको छ।
मङ्गलबार सिरियाली विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी राष्ट्रसंघको रासायनिक हतियार निषेध सम्बन्धि संस्था (ओपिसिडब्लु)लाई पत्राचार गर्दै अनुसन्धानका लागि विज्ञको समूह पठाउन अनुरोध गरिएकोे सिरियाली राज्य सञ्चालित समाचार संस्था साना न्यूज एजेन्सीको समाचारमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘सिरियाली सरकार रासायनिक हतियार आक्रमणबारे आएका सूचनाबारे अनुसन्धानका लागि जुनकुनै सहयोग उपलब्ध गराउन तयार छ र हामीलाई लाग्छ राष्ट्रसंघबाट आउने टोलीले घटनाबारे वास्तविक, पारदर्शी तथा विश्वसनीय आधार खोज्नेछ।’
सिरियाको यो प्रतिक्रिया राष्ट्रसंघ प्रमुख एन्टिनियो गुथ्रेसले रासायनिक हतियार प्रयोग र यसबाट ठूलो सङ्ख्यामा सिरियाली नागरिकको मृत्यु भएको भन्ने हालैका आरोपप्रति गम्भीर बन्दै अनुसन्धान गर्नका लागि विश्व समुदायलाई सहयोग गर्न तयार बन्न सिरियाली सरकारलाई सुझाव दिएपछि सिरियाको यो प्रतिक्रिया आएको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।