मस्को– उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले मङ्गलबार मस्कोको भ्रमण गरी रूसी समकक्षी सेर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन्। उत्तर कोरियाली नेताले रूसीसमकक्षीसँग गरेको कुटनीतिक छलफललाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘दुर्लभ वार्ता’ भनेका छन्।
उत्तर कोरियाले पछिल्लो समय आणविक हतियार परीक्षण लगायतका प्रसंगका कारण आफ्ना छिमेकी तथा सहयोगी मुलुकको मित्रतामा समस्या देखिएको थियो। भ्रमणलाई सम्बन्ध सुधारका लागि गरिएको कुटनीतिक प्रयासका रूपमा लिइएकोे छ।
उत्तर कोरियाली नेता रीको मस्को भ्रमण उत्तर कोरियाली नेता किम जोङ अन, दक्षिण कोरियाली तथा अमेरिकी राष्ट्रपतिबीच आगामी हप्ता हुने गरी तय भएको आणविक शिखर सम्मेलन पूर्व भएकोले यसलाई महत्वका साथ हेरिएको छ।
रसियाली विदेशमन्त्री लाभरोभले रीलाई मस्कोमा मङ्गलबार स्वागत गर्दै भने,‘रूसले सधैँजस्तै आफ्ना छिकेकीसँगको सम्बन्धलाई विस्तारमा झुकाव राख्ने छ।’
यसैगरी उत्तर कोरियाली विदेशमन्त्री रीले पनि ‘उत्तर कोरिया र रूसबीच सम्बन्ध बिस्तार’ हुने प्योङयाङले विश्वास लिएको बताए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।