येरेभ्यान– अर्मेनियाका प्रधानमन्त्री करेन कारापेट्यानले सोमबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति अर्मेन सार्कस्यानले ग्रहण गरेका अर्मेन प्रेस समाचार संस्थाले लेखेको छ।
अर्मेनियाको संविधानका अनुसार नयाँ राष्ट्रपतिको चयनसँगै बहालवाला प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ र संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्नुपर्छ। त्यसपछि प्रधानमन्त्रीले नयाँ सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म पुराना मन्त्रीहरु नै मन्त्रिपरिषद्को सदस्यका रुपमा कायमै रहने जनाइएको छ। अर्मेनियामा बहालवाला प्रधानमन्त्रीले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुरु भएको छ। यही अप्रिल १७ तारिखका दिन अर्मेनियाले नयाँ प्रधानमन्त्री पाउने अधिकारीहरुले बताएका छन्।
संसद्ले नयाँ प्रधानमन्त्री चयन गरेपछि त्यसको १५ दिनमा मन्त्रिपरिषद् गठन गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। अहिलेका राष्ट्रपति सार्कस्यान गत मार्च २ तारिखका दिन संसदबाट अत्याधिक मतका साथ निर्वाचित भएका हुन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।