आम्सटर्डम– म्यानमारबाट गरिएको रोहिंग्या शरणार्थीहरुको देश निकालाका बारेमा कानुनी क्षेत्रधिकार भित्र रहेर अनुसन्धान गर्न माग गर्दै अन्तर्राष्ट्रिय अपराध अदालत(आइसिसी)मा जाहेरी परेको छ।
म्यानबारबाट बंगलादेशतर्फ देश निकाला हुँदा रोहिंग्या मुसलमानमाथि मानवताविरुद्धको अपराध भएको आशंकामा अभियोजक फातौ बेन्सोदाले सोमबार सो जाहेरी हालेकी हुन्।
दाखिलामा पुष्टि गरिएको कानुनी क्षेत्राधिकारले अभियोजक बेन्सोदालाई म्यानमारले सहयोग नगरे पनि हजारौँ रोहिंग्या शरणार्थीहरुको देश निकालाको बारेमा अनुसन्धान गर्ने बाटो खुल्नसक्ने बताइएको छ।
‘यो अमुर्त प्रश्न होइन। तर एक ठोस प्रश्न भने हो। जसबाट यदि प्रभाव पर्ने भएमा अदालतले आफ्नो कानूनी क्षेत्राधिकार भित्र रहेर अनुुसन्धान गर्न सक्छ। र आवश्यक परेको खण्डमा अभियोग समेत लगाउन सकिन्छ।’, बेन्सोदाको जाहेरीमा उल्लेख छ।
तर अदालतको कानुनी क्षेत्राधिकारमाथि शंका गर्न सकिने एकमात्र कारण भनेको बंगलादेश आइसिसीको सदस्य रहेको तर म्यानमार नभएकोलाई मानिएको छ।
देश निकालाको सीमाको प्रकृतिलाई हेर्ने हो भने आइसिसीको कानुनी क्षेत्राधिकारको पक्षमा परेको जाहेरीको फैसला स्थापित कानुनी सिद्धान्तको अनुरुप हुनेमा बेन्सोदा विश्वस्त छिन्। तर निर्वासनको अपराधसम्बन्धि परिभाषा र अदालतको कानुनी क्षेत्राधिकारको सीमाको बारेमा भने उनले अनिश्चितता रहेको स्विकार गरिन्।
अन्तर्राष्ट्रिय अपराध अदालतमा यस विषयमा उनले दिएको यो नै पहिलो जाहेरी हो। उनले अदालतसमक्ष आफ्नो बहस सुन्नका लागि भएपनि सुनुवाई डाक्न आग्रह गरेकी छन्। उनले बहसमा अन्य इच्छुकहरु पनि सहभागि हुनसक्ने बताएकी छिन्।
सो जाहेरीमाथि विचार गर्ने जिम्मेवारी पाएका अदालतका कर्मचारी कंगोका न्यायाधीश एन्टोनी केसिया एमबी मिन्डुवालाई अगाडि बढ्ने तरिका निर्धारित गर्न धेरै नै छुट मिल्ने देखिएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार गत वर्षको अगस्टमा म्यानमारमा भएको सैन्य कारबाहीपश्चात् करिब ७ लाखभन्दा बढी रोहिंग्या मुसलमान घर छोडेर बंगलादेशको शरणमा पुगेका थिए। सो सैन्य कारबाहीका दौरान जातीय सफाइ गर्ने अभियान नै चलेको राष्ट्रसंघले जनाएको थियो।
बहुसंख्यक बौद्ध धर्मावलम्बीहरुको बसोबास रहेको म्यानमारले भने सो आरोपको खन्डन गर्दै आएको छ। उसले सरकारी सैन्य बलमाथि कारबाही गर्ने रोहिंग्या मुसलमानमाथि मात्रै कारबाही अभियान सञ्चालन गर्दै आएको दावी गरेको छ।
म्यानमारमा ठूलो संख्यामा अवैध बंगलादशी रोहिंग्या मुसलमान रहँदै आएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।