एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ व्यापार नीतिलाई 'अविवेकी' को संज्ञा दिँदै आलोचना गरेका छन्।
ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको विषयलाई आफ्नो ट्विटर सन्देशमार्फत पुनः आलोचना गरेका हुन्। उनले ट्विटर पेजमा चीनको मोटरगाडी आयातबारे आएको पछिल्लो नीतिलाई ‘अविवेकी’ भनेका हुन्।
आइतबार चीन र अमेरिकाबीच व्यापारमा असन्तुलन भएको विषयलाई जोड दिँदै उनले भने, 'मोटरगाडी आयातमा चीनको करनीति सही छैन।'
उनले ट्विट गर्दै भनेका छन्, 'एउटा कार चीनबाट अमेरिकामा आयात गर्दा २१.५ प्रतिशत राजश्व तिर्नुपर्छ, तर अमेरिकाले निर्यात गर्दा २५ प्रतिशत राजश्व तिर्नुपर्छ। यो स्वतन्त्र र न्याययुक्त देखिँदैन। यो वर्षौंदेखि रहँदै आएको अन्यायपूर्ण व्यापार नीति हो।' (रासस/एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।