एजेन्सी-चर्चित गायिका केटी पेरी अहिले गर्भावस्थामा रमाइरहेकी छिन्। ओरनाल्डो ब्लुकबाट पहिलो बच्चाकी आमा बन्दै गरेकी उनी निक्कै खुसी छिन्।
कोरोना भाइरसको बढ्दो संक्रमणका कारण उनी अहिले आफ्नै घरमा आराम गरेर बसेकी छिन्। घरमा बस्दा बस्दै पनि उनले केही दिन अगाडि आफ्नो खुसी सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरुसँग बाडिन् पनि।
घरमा आराम गरेर बसिरहेको उनको तस्बिर फ्यानहरुलाई मन पर्यो। तस्बिरमा उनी पहेलो रङगको डिप नेक ड्रेस लगाएकी छिन् र उनी निक्कै स्टायलिस् समेत देखिएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।