• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सरकारी निर्णयको प्रभाव: बिएमडब्लुको आयात अनिश्चित, अब लेक्ससदेखि मर्सिडिज आउँदैनन्

64x64
शिव बोहरा सोमबार, चैत १७, २०७६  १२:२६
1140x725

काठमाडौं- सरकारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण निर्यात तथा पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जन घटेको भन्दै विलासी कारको आयातमा प्रतिबन्ध लगाएको छ।

आइरबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी गराएका हुन्। 

अब सवारी आयातकर्ताले ५० हजार अमेरिकी डलर (खरिद बिजकका अधारमा)भन्दा बढी मूल्यका सवारी साधन खरिद गरेर नेपाल ल्याउन पाउने छैनन्।

यो निर्णयको प्रत्यक्ष प्रभाव महँगा र विलासी कार आयात गर्नेलाई पर्नेछ। सरकारको निर्णयले 'मास सेल' हुने हुन्डाई, सुजुकी, टाटा, महिन्द्रालगायत कम्पनीका कार आयातकर्तालाई असर पर्ने छैन। 

मन्त्री खतिवडाले आइतबार ५० हजार अमेरिकी डलर भन्दा महगा गाडी आयात गर्न नपाइने निर्माण सरकारले गरेको बताएका थिए। यो निर्णय आगामी वर्षको बजेटसम्म तन्किने संकेत खतिवडाले गरेका छन्। यही मितिसम्मका लागि भनेर निर्णय नसुनाइनु र बजेट आउन करिब २ महिना मात्र बाँकी रहेकाले यो व्यवस्था बजेटसम्म जान सक्छ वा अर्को वर्षसम्मका लागि निरन्तर हुनसक्छ।

सरकारको यो निर्णयसँगै करिब सवा २ करोड रुपैयाँभन्दा बढी बिक्री मूल्य भएका कार नेपाल ल्याउन पाइने छैन। यसको प्रत्यक्ष असर सवा २ करोड भन्दा बढी मूल्यका कार आयात गर्नेलाई पर्ने देखिन्छ। उक्त मूल्यका गाडी नेपाली बजारमा १ प्रतिशतभन्दा कम आयात हुने भएकाले धेरै ठूलो समस्या नपर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको भनाइ छ। 

'अहिलेको यो अवस्थामा कुनै पनि प्रकारका गाडी आयात हुने अवस्था छैन,' उनले नेपाल लाइभसँग भने, 'यो परिस्थितिमा सरकारले गरेको निर्णय स्वागतयोग्य नै छ।' एलसी खुलिसकेकालाई यसले असर नपर्ने भएकाले यो निर्णयलाई सकारात्मक नै मान्नु पर्ने उनको भनाइ छ। 'साथै भारतसहित विश्वभर कोरोना भाइरसका कारण लकडाउनकै अवस्था छ,' दुलालले भने, 'सवारी उत्पादन प्लान्ट नै बन्द भएकाले अब सबैखाले सवारी आयात हुने अवस्था छैन।'

Ncell 2
Ncell 2
nimb
nimb

टोयोटा ल्यान्ड क्रुजर/प्राडो र लेक्सस 
टोटोटाको ल्यान्ड क्रुजर र ल्यान्ड क्रुजर प्राडो सरकसरको नयाँ व्यवस्थासँगै आयात गर्ने पाइने छैन। टोयोटाका कार नेपाली बजारमा वैद्यज अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आयात गर्दै आएको छ। यी साढे २ करोडदेखि सवा ४ करोड रूपैयाँसम्म पर्छ। कार प्रिमियम एसयुभी सेगमेन्टमा प्राडो र ल्यान्ड क्रुजर राम्रो बिक्री हुने कारमा पर्छ। 

टोयोटाकै प्रिमियम ब्रान्डको रूपमा रहेको लेक्ससका कार समेत सोही कम्पनीले नेपाल भित्र्याएको हो। लेक्ससका २ कार नेपालमा गुडिरहेका छन्। जसको मूल्य ४ करोड र ६ करोड रुपैयाँभन्दा बढी तोकिएको छ। यी सबै कारको उत्पादक कम्पनीसँगको खरिद मूल्य ५० हजार अमेरिकी डलर भन्दा बढी पर्छ। 

अधिकारिक विक्रेता नभइ आयात भएकाको बाटो बन्द 
५० हजार अमेरिकी डलर भन्दा बढी मूल्यको कार लमयाउन नपाउने सरकारको निर्णयसँगै उत्पादकले आधिकार बिक्रेता नतोकिकनै अवैध बाटोबाट आयात हुँदै आएका ल्यान्ड रोभर, ज्यागुअर, टेस्ला र अउडीको आयात बन्द हुने भएको छ। ज्यागुअर र ल्यान्ड रोभरका गाडी पछिल्लो पटक भन्सारमा रोकिए पनि विभिन् शक्तिकेन्द्रको चलखेलपछि भित्रिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यी कार पुरानो ल्यान्ड रोभरको बिक्रेता (जो २०१६ देखि छैन)ले ल्याएको हो। ज्यागुअर तथा ल्यान्ड रोभरका सबै गाडी ५० हजार अमेरिकी डलर भन्दा बढी पर्छ। त्यस्तै प्रिन्सा अटोमोटिभ्सले ल्याएको अउडी पहिलो चरणमा ३ वटा नेपाल भित्रिएको भए पनि नेपाल लाइभले आधिकारिक विक्रेता बिना नै आयात भएको विषयमा निरन्तर समाचार सम्प्रेषण गरेपछि हाल ३ वटा इ-ट्रोन सिर्सिया भन्सारमै रोकिएको छ। 

अवैधरूपमा आएको अमेरिकी इलेक्ट्रिक कार उत्पादक टेस्लाका कारसमेत भन्सारमै रोकिएको छ। टेस्लाका कार त दुई कम्पनीले नै आफू नै आधिकारिक बिक्रेता भएको दाबी गर्दै ल्याएका थिए। टेस्ला र अउडीका इलेक्ट्रिक कार ७५ हजार अमेरिकी डलर भन्दा बढी मूल्यका कार हुन्। 

यसैगरी अहिले गौतम ट्रेडर्सले आयात गरिरहेको मर्सिडिज बेन्ज गाडी पनि अब आयात हुने छैनन्। 

आउँदै गरेको बिएमडब्लुलाई प्रत्यक्ष मार 
जर्मन विलाशी कार उत्पादक बिएमडब्लुका कार नेपालमा लक्ष्मी ग्रुपले ल्याउँदैछ। विगतदेखि नै आधिकारिक बिक्रेता लिएर बसेको भएपनि ग्रुपले कार भने आयात गरेको थिएन। हाल कम्पनीले वानेश्वरमा बिएमडब्लुको सोरुम निर्माण गरिरहेको छ। 

कोरोना भाइरसको संक्रमणका कारण ग्रुपले बिएमडब्लूको औपचारिक सार्वजनिकीकरण गर्ने मिति धकेलिएको छ। भन्सार स्रोतले दिएको जानकारी अनुसर बिएमडब्लुका १० वटा कार भने नेपाल भित्रिसकेका छन्। बिएमडब्लुका कार पनि नेपाली बजारमा सवा २ करोड भन्दा बढी मूल्य पर्ने अनुमान गरिएको छ।

बजेटसम्म लम्बिन सक्ने 
सरकारले ५० हजार डलरभन्दा महगा कारको आयातमा लगाएको प्रतिबन्ध २०७७/७८ को बजेटसम्म लम्बिने संकेत देखिएको छ। लकडाउनको आवधिभर देशमा सम्पूर्ण गतिविधि बन्द अवस्थामा रहेको छ। 

जसका कारण निर्यात व्यापार शून्य प्रायः छ। त्यस्तै ललडाउनको अवधिमा र कोरोना भाइरसको संक्रमण कति लामो समयसम्म फैलिरहन्छ भन्ने कुराले पर्यटक आगमन निर्भर रहने दिखिन्छ। त्यसैले भएको विदेशी मुद्रा संचित नघटोस् भनेर सरकारले उक्त निर्णय गरेको छ। 

यसरी विदेशी मुद्रा संचित गर्दा कोरोना उपचारका लागि अत्यावश्यक सामाग्री खरिदका लागि भविष्यमा संकट नआओस् भनेर सरकारले यो निर्णय गरेको अर्थ मन्त्रालयकै अधिकारीहरू बताउँछन्।

यसका साथै सरकारले विदेशमा अध्ययन गर्न गएका विद्यार्थीका लागि पैसा पठाउन सटही सुविधा दिएकाले पनि विदेशी मुद्रा संचिती सन्तुलन मिलाउन विलाशी कारको आयातमा प्रतिबन्ध लगाएको हो।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्