दमास्कस- सिरियाको डुमा क्षेत्रमा आन्दोलनरत ‘द इस्लाम आर्मी’ विद्रोही र सिरियाली सेनाबीच डुमालाई विद्रोहीलाई सुरक्षित अन्यत्र जान दिने र विद्रोहीको अपहरणमा परेका सर्वसाधारणलाई मुक्त गर्ने विषयमा नयाँ सहमति भएको छ।
नयाँ सम्झौताले इस्लाम विद्रोहीद्वारा अपहरण गरिएका र नजरबन्दमा राखिँदै आएका नागरिकलाई दमास्कसबाट पूर्वमा रहेको गुटाको डुमा जिल्लाबाट मुक्त गरिनेछ। डुमा इश्लाम विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम क्षेत्र हो।
सरकारसँग नयाँ वार्ता गर्ने विषयमा विद्रोहीले प्रस्ताव गरेपछि नयाँ सम्झौता भएको र सरकारले विद्रोहीलाई डुमाबाट बाहिरिन दिने र विद्रोहीले अपहरणमा परेका नागरिक तथा सरकारी सेनालाई सकुशल रिहा गर्ने सहमति भएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।