• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना प्रभाव : कस्तो आर्थिक प्याकेज ल्याउने?

64x64
सविन मिश्र आइतबार, चैत १६, २०७६  ०९:१५
1140x725

काठमाडौं- भारतीय वित्तमन्त्री निर्मला सितारमणले केही दिनअघि दुई चरणमा कोरोना प्रभाविका लागि आर्थिक राहत प्याकेज घोषणा गरिन्। केही क्षेत्रमा करमा सहुलितयदेखि कर परिपालनाका लागि तोकिएको समय थप गर्ने घोषणा पहिलो दिन गरियो भने गरिबका लागि नगद वितरणदेखि खाद्यान्नसम्मको दोस्रो प्याकेज घोषणा भयो।

अमेरिकी संसदले प्रस्ताव पारित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले २००० अर्ब अमेरिकी डलरको प्याकेजमा शुक्रबार हस्ताक्षर गरेका छन्। ट्रम्पको यो प्याकेजमा बेरोजगारी भत्ता, साना उद्योगलाई प्रोत्साहनदेखि ५०० अर्ब डलरको ऋणसम्म समावेश गरिएको छ।

कोरोनाबाट संकटग्रस्त बनेका यी दुई राष्ट्रको आर्थिक प्याकेज घोषणा भएपछि नेपालमा पनि सोध्न थालियो, कोरोनाबाट संकटग्रस्त अर्थतन्त्रलाई गति दिन सरकारले के प्याकेज ल्याउँछ? राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णीम वाग्लेले कोरोना असर : आर्थिक महासंकटदेखि 'वसुधैव कुटुम्बकम्'सम्म केही उपाय पनि सरकारलाई सुझाएका छन्।

सरकार कस्तो तयारी गर्दैछ?
केही दिनअघि अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल लाइभसँग भनेका थिए, 'अर्थतन्त्रमा कोरोनाको कस्तो असर परेको छ भने प्रारम्भिक अध्ययन मात्रै भएको थियो अवस्था झन् जटिल भयो। थप अध्ययनपछि मात्रै हामी केही भन्न सक्छौँ।'

अर्थमन्त्रीले यसो भनेकै भोलिपल्ट सरकारले 'लक डाउन' घोषणा गर्‍यो। लक डाउन घोषणासँगै सम्पूर्ण गतिविधि ठप्प भएका छन्। उद्योग प्रतिष्ठान बन्द छ, व्यावसायिक गतिविधि ठप्प भएका छन्। मानिसहरूलाई घर बाहिर निस्कनै प्रतिबन्द लगाइएको छ। 
'अहिले अवस्था झनै जटिल भएको छ, अर्थ मन्त्रालय अध्ययन गरिरहेको छ,' अर्थसचिव शिशिरकुमार ढुंगानाले भने, 'केही दिनमा हामी ठोस निष्कर्शमा पुग्छौँ।'

केही दिनअघि उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले बैंक तथा वित्तीय संस्थाको साँवा र ब्याजको किस्ता १ महिना पछिसम्म तिर्दा जरिवाना नलाग्ने व्यवस्था गर्ने निर्णय गर्‍यो। यसैलाई पहिलो घोषणाका रुपमा बुझ्न सचिव ढुंगाना आग्रह गर्छन्।

अर्थ मन्त्रालयले कोरोना प्रभावितलाई दिने राहतका विषयमा सम्पूर्ण मन्त्रालयसँग सुझाव माग गरेको छ। विषयगत मन्त्रालयहरूले दिने सुझावका आधारमा क्षेत्रगत राहत प्याकेज तयार गर्ने तयारी मन्त्रालयले गरेको छ। 'अर्थ मन्त्रालय तयारी गरिरहेको छ, केही दिनमा नै हामी सम्पूर्ण मन्त्रालयको सुझावका आधारमा केही न केही घोषणा गर्छौँ,' अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले भने।

कस्तो प्याकेज ल्याउने?
पूर्वअर्थचसिव डा शान्तराज सुवेदी सरकारले नगदी र नीतिगत सहुलियतसहितको प्याकेज ल्याउन सक्ने बताउँछन्। 'कोरोनाका कारण सेवा क्षेत्र संकटमा परेको छ, होटलहरूलाई बैंक ऋण तिर्न समस्या परेको छ,' उनले भने, 'यस्तो अवस्थामा सरकारले बैंकको किस्ता र कर तिर्ने समय केही थपिदिन सक्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाकै कारण करछुट दिनुपर्ने पक्षमा उनी छैनन्। 

कोरोनाका कारण दैनिक ज्यालादारी गर्ने मजदूर सबैभन्दा धेरै समस्यामा परेका छन्। सरकारले उनीहरूलाई सम्बोधन हुने गरी प्याकेज ल्याउनुपर्ने सुवेदीको सुझाव छ। 'साना व्यवसायदेखि दैनिक ज्यालादारी गर्नेहरूलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउनुपर्छ,' उनले भने, 'यसका साथै कतिपय व्यवसायलाई फेरि पुरानै अवस्थामा फर्काउने गरी कार्यक्रम घोषणा गर्न सकिन्छ।'

नेपाल राष्ट्र बैंकले विभिन्न क्षेत्रका लागि पुनर्कर्जा (रिफाइनान्सिङ)को सुविधा दिँदै आएको छ। कोरोनाको महामारीबाट प्रभावित क्षेत्रका लागि यो सुविधा दिनुपर्ने बताउँछिन् नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा। दुईपटक नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्यसमेत रहिसकेका सुवेदी पनि सरकारले यो सुविधा दिन सक्ने बताउँछन्।

महासंघकी अध्यक्ष राणा कोरोनाबाट प्रभावित क्षेत्रहरूको पहिचान गरी तिनीहरूलाई सम्बोधन हुने गरी प्याकेज बनाउनुपर्ने बताउँछिन्। 'कतिपय व्यवसाय यो वर्षमात्रै होइन, अर्को वर्षसम्म बन्द हुने गरी प्रभावित बनेका छन्, त्यसको उदाहरण पर्यटन क्षेत्र हो,' उनले भनिन्, 'सरकारले यसमा ध्यान दिनुपर्छ, अर्कोतर्फ कतिपयलाई रोजगारी गुमेका कारण दैनिक गुजारा गर्न कठिनाइ भएकाहरूलाई पनि सरकारले प्याकेमार्फत सम्बोधन गर्नुपर्छ।' (राणासँगको संक्षिप्त अन्तर्वार्ता पढ्नुहोस्)

स्रोतले धान्छ?
चैत लागेसँगै कोरोनाको प्रभाव नेपाल बढ्दै जाँदा त्यसले आर्थिक गतिविधि विस्तारै बन्द हुन थाले। ११ चैतबाट भएको लक डाउन अझै बढ्ने मन्त्रीहरूले नै बताउन थालेका छन्। भारतले २१ दिन लामो लक डाउनको घोषणा गरेका कारण नेपालमा पनि करिब करिब त्यति नै लम्बिने धेरैको आकलन छ। यद्यपि, सरकारले १८ गते बिहान ६ बजेसम्मका लागि मात्रै लक डाउन घोषणा गरेको छ।

आर्थिक क्रियाकलाप खुम्चिनु भनेको सरकारको आम्दानीको मुख्य स्रोत पनि सुक्न थाल्नु हो। भन्सार विभागका अनुसार भारतले लक डाउन घोषणा गर्नुअघिसम्म नेपालको आयातमा धेरै प्रभाव परेको थिएन। तर, त्यसयता भने व्यापार प्रभावित भइसकेको छ।

फागुनमा ३८ प्रतिशतले बढेको आन्तरिक मूल्य अभिवृद्धि कर चैतमा बढ्ने छैन। सुरुका केही दिनमा उपभोग्य सामानको खरिद बढेको भए पनि ११ गतेपछि व्यवसाय करिबकरिब बन्द छ। लकडाउनको घोषणासँगै आर्थिक क्रियाकलाप घटेकाले मूल्य अभिवृद्धि करमा अब वृद्धि देखिनेछैन। यसैगरी मदिरा खपत घटेकाले मदिराबाट आउने अन्तशुल्क पनि बढ्ने छैन।

'स्रोतमाथि दबाब बढेको छ, तैपनि सरकारले आपतकालीन अवस्थामा ५० अर्ब रुपैयाँसम्म जोहो गर्न सक्छ,' पूर्वसचिव सुवेदीले भने, 'यस्तो अवस्थामा सरकारले कम प्राथमिकता प्राप्त कामका लागि छुट्याएको रकम पनि प्रयोग गर्न सक्छ।'

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्ले पनि सबैलाई नगद बाँड्ने मोडलमा सरकार जान नसक्ने बताउँछन्। सरकारले रोजगारी गुमाएका र तत्काल आयस्रोत नभएकालाई यस्तो प्याकेजमा समेट्ने गरी राहतका कार्यक्रम बनाउन सक्छ।

छलफल केमा केन्द्रित?
अर्थ मन्त्रालयले पनि अहिले उद्योग, पर्यटन, श्रम, कृषिलगायतका मन्त्रालयसँग राहत प्याकेजमा समावेश गर्नुपर्ने  विषयमा छलफल अघि बढाएको छ। त्यसमा क्षेत्रगत सुविधा कसरी प्रदान गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। यसैगरी स्रोतको व्यवस्थापनका विषयमा पनि अर्थ मन्त्रालयले छलफल अघि बढाएको छ।

तत्काल स्वास्थ्य क्षेत्रका लागि पनि पैसाको व्यवस्थापन गर्नुपर्ने र अन्य क्षेत्रका लागि पनि राहतको व्यवस्थापन गर्दा स्रोतमाथि दबाब बढ्ने अर्थ मन्त्रालयको आकलन छ। स्रोत व्यवस्थापनका विषयमा राष्ट्रिय योजना आयोगसँग छलफल भइरहेको पनि अर्थका अधिकारीहरू बताउँछन्।

छलफलमा संलग्न अधिकारीहरूका अनुसार सरकार कर छुट दिने पक्षमा छैन। चैत २५ गते बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर र चैत मसान्तमा तिर्नुपर्ने आयकरको दोस्रो किस्तार अर्थात ३० प्रतिशत रकम बुझाउनुपर्ने समयका लागि केही समय थप गर्ने मनसायमा अर्थमन्त्री खतिवडा छन्।

यसका लागि सरकारले सबै क्षेत्रबाट तथ्यांक संकलनको काम अघि बढाइसकेको मन्त्रालयले जनाएको छ। स्थानीय तहको संयन्त्रमार्फत कोरोनाबाट प्रभावित भएर रोजगारी गुमाएकाहरूको विवरण संकलन अघि बढाइएको छ।

'प्रत्येक स्थानीय तहबाट विवरण आउने गरी हामीले काम गरिरहेका छौँ, हरेक वडा तहबाट रोजगारी गुमाएका र विपन्नहरूको विवरण संकलन हुँदैछ,' मन्त्रालय स्रोतले भन्यो, 'सबै विवरण आएपछि हामी राहत प्याकेज घोषणा गर्छौँ।'

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ०९:१५
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्