• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

सरकारसँग केही मागेका छैनौँ, अन्य देशको अनुभव हेरेर निर्णय लिनुपर्छ : भवानी राणा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, चैत १६, २०७६  ०८:५३
1140x725

कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरेको छ। लकडाउनका कारण सम्पूर्ण उद्योगधन्दा तथा कलकारखाना बन्द भएका छन्। जसका कारण धेरै मानिसहरुले रोजगारी गुमाएका छन्। दैनिक ज्यालादारी गरेर खानेहरु सबैभन्दा समस्यामा परेका छन्।

केही दिनअघि सरकारले उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिले बैंकको ब्याज तिर्नुपर्ने समय केही सार्न सक्ने निर्णय गरेको छ। यसले ऋणीहरुलाई केही फाइदा हुनेछ। यसबाहेक सरकारबाट निजी क्षेत्रले गरेको अपेक्षाका विषयमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग नेपाल लाइभले गरेको संक्षिप्त कुराकानी:

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले लक डाउन गरेको छ। यसैबीचमा विश्वका विभिन्न देशले आर्थिक प्याकेज घोषणा गरेका छन्। नेपालमा तपाईंहरुको अपेक्षा के छ?

कोरोना भारइस न्यूनीकरणका लागि जनचेतना जगाउनेदेखि आपूर्ति सहजीकरणसम्म हामी काम गरिरहेका छौँ। उद्योगधन्दाको नाफा घाटाको विषयमा अहिले सोचिएको पनि छैन। किनभने अहिलेको प्राथमिकता सहज आपूर्तिको व्यवस्थापन र नागरिकहरुलाई चेतनशील बनाउने नै हो। अहिले अन्य देशबाट विभिन्न प्याकेज आएका छन्। त्यस्तै अपेक्षा स्वाभाविकरुपमा हाम्रो उद्योगी व्यवसायीले गरेका छन्।

अहिले पर्यटन व्यवसाय तहसनहस भएको छ। लक डाउन हुनुअघि नै होटल बन्द हुन थालिसकेका थिए। त्यसका साथै अन्य उद्योगहरुमा असर गरेको छ। यस्ता व्यवसायमा परेको असर न्यूनीकरण र फेरि व्यवसायमा फर्किने गरी सरकारले प्याकेज ल्याउनुपर्छ। 

Ncell 2
Ncell 2

अहिले चैत मसान्तको ब्याज केही पछि तिर्न मिल्ने भनिएको छ। चैतमा तिर्नु नपरे पनि कहिले तिर्नुपर्ने हो, त्यो भन्नुपर्‍यो। अर्कोतर्फ, अहिले त पर्यटन उदयोगले ब्याजै तिर्न सक्दैन। अन्य व्यवसायको अवस्था पनि उस्तै छ। सबैलाई समेटेर प्याकेज बनानुपर्छ।

अर्कोतर्फ, पुनर्कर्जाको सुविधा सरकारले ल्याउनुपर्छ। हामीले त्यही विश्वास र अपेक्षा गरेका छौँ। त्यस्तै, दैनिक ज्यालादारीका मजदूरहरुका लागि भारत सरकारले जस्तै प्याकेज नेपाल सरकारले ल्याउनुपर्छ जस्तो मलाई लाग्छ। 

पुनर्कर्जाको सुविधा कस्ता उद्योगका लागि भन्न खोज्नुभएको हो?
कोरोनाको असर चारैतिर छ। तर सबैभन्दा पहिले पर्यटन व्यवसायमा प्रत्यक्ष प्रभाव देखियो। अहिले अन्य उद्योग पनि बन्द भएका छन्। खाद्यवस्तुदेखि अन्य उत्पादन गर्ने उद्योग ठप्प भएका छन्। तिनीहरुका उत्पादन अरु क्षेत्रमा खपत हुन्थ्यो। प्रत्यक्ष असर होटल, एयरलाइन्स, ट्राभललाई असर परेको देखिएको छ। त्यसको सँगसँगै अन्य क्षेत्रमा पनि प्रभाव परेको हुनाले सरकारले गृहकार्य गरेर कोरोना प्रभावित उद्योगहरुलाई ब्याजमा सहुलियत दिनुपर्छ। 

अन्य देशबाट राहतका प्याकेज आएको छ। अहिले सरकारसँग मिलेर निजी क्षेत्रले काम गरिरहेको छ। कोरोनाबाट बच्ने गरी काम गर्नुपर्छ भनेर हामी लागिरहेका छौँ। कोरोना रोकथामकै लागि हामीले काम गरिरहेका छौँ। आपूर्ति सहज बनाउन हामी लागेका छौँ। सरकारले हाम्रो बारेमा सोच्नुपर्छ। अन्य देशका अनुभव हेरेर ल्याउनुपर्छ।

चैतमा आयकरको दोस्रो किस्ता बुझाउनुपर्छ। यसका साथै २५ गते भ्याटको विवरण पनि पेश गर्नुपर्छ। यस विषयमा केही कुरा भएको छ?
व्यवसायी अहिले समस्यामा छन्। सबै क्षेत्रमा प्रभाव परिरहेको छ, सरकारले यो विषयमा अध्ययन गर्नुपर्छ। अहिले कर तिर्न समस्या हुन सक्छ। अहिले तिर्न नसक्नेका लागि के व्यवस्था गर्ने त्यो सरकारले सोच्नुपर्छ। चैतको आधा समय गैसक्यो। सरकारले अब बोल्नुपर्छ। 

निजी क्षेत्रले सरकारसँग अपेक्षा राख्ने हो। अहिले नै यो चाहियो भनेर हामीले भनेका छैनौँ। हामी अहिले सरकारलाई नै सहयोग गर्न लागिरहेका छौँ। हाम्रो ध्यान सहज आफूर्ति व्यवस्थापन र कोरोना रोकथामका लागि सामूहिक प्रयास नै हो। त्यसकारण सरकारले अन्य देशका अनुभवसमेतलाई हेरेर काम गर्छ भन्ने हाम्रो विश्वास छ।

उद्योग वाणिज्य महासंघको तर्फबाट तपाईंले आपूर्ति सहज बनाउन काम गरिरहेका छौँ भन्नुभयो। महासंघको संरचना परिचालन कसरी गर्नुभएको छ?
हाम्रो देशभरी संरचना छ। त्यसअनुसार हामीले जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ। कतिपय ठाउँमा मास्क र स्यानिटाइजरको वितरण गरिएको छ। हाम्रा संरचनाले स्थानीय सरकार एवं प्रदेश सरकारहरुसँग मिलेर खाद्यान्न प्याकेजिङ गर्ने र वितरण गर्ने काममा सहयोग पुर्‍याएको छ। उपभोक्तालाई सकेसम्म रातह पुगोस् भन्ने हिसाबले हामीले काम गरिरहेका छौँ। 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  ०८:५३
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली रुपैयाँ निरन्तर कमजोर
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
नेपाली रुपैयाँ निरन्तर कमजोर मंगलबार, माघ १३, २०८२
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम मंगलबार, माघ १३, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ १३, २०८२
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्