इश्लामावाद- अफगानिस्तान सरकार र तालिबान विद्रोहीबीच विविध कारणले स्थगित शान्तिवार्तालाई ब्युँताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताएका छन्।
अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको भन्ने आफ्नो प्रस्तावलाई काबुलले गम्भीरताका साथ लिँदै यस विषयमा सहमति जनाएको बताए। उनको यो भनाइ भ्रमणबाट स्वदेश फर्केसँगै अफगानी राष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीसँगको भेटमा व्यक्त भएको हो।
अब्वासीले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग अफगानिस्तानमा कट्टरपन्थी धार्मिक समूहलाई राजनीतिक दलका रूपमा मान्यता दिन आग्रह गरेको र यसलाई उनले सकारात्मक रूपमा लिएको बताए।
तालिबान समूहले भने आधिकारिक रूपमा यसप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन। यद्यपि काबुल सरकारसँग छलफल गर्नुपूर्व अमेरिकासँग वार्ता गर्ने दोहोर्याएका भनाइहरू अनौपचारिक रूपमा आएका बताइएको छ।
सन् २०१५ मा सुरु भएको अफगान सरकार र तालिबानबीचको पहिलो प्रत्यक्ष शान्तिवार्ता पाकिस्तानको मध्यस्थतामा भएको थियो। तर तालिवान समूहका संस्थापक मुल्लाह मोहम्मद ओमारको मृत्युको खबरपछि वार्ता भाँडिएको थियो।रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।