काठमाडौं- सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नयाँ संगठन संरचना पारित गरेको छ। गत चैत १४ मा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको संगठन संरचना अनुसार शिक्षा मन्त्रालयमा अब १ सय ८५ जनाको दरबन्दी रहनेछ। यसअघि शिक्षा र विज्ञान तथा प्रविधि मन्त्रालयमा गरी २ सय २६ जनाको दरबन्दी थियो।
नयाँ संरचना अनुसार यो मन्त्रालयमा २ जना सचिव रहनेछन्। शिक्षा र विज्ञान तथा प्रविधि मन्त्रालय मर्ज भएका कारण २ सचिवको व्यवस्था गरिएको हो। मन्त्रालमा ७ सहसचिव रहनेछन्।
नयाँ संरचना अनुसार मन्त्रालमा ७ महाशाखा र ३० शाखा रहनेछन्।

यी हुन् ७ महाशाखा
१. प्रशासन महाशाखा
२. प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखा
३. विद्यालय शिक्षा महाशाखा
४. उच्च शिक्षा महाशाखा
५. योजना तथा अनुगमन महाशाखा
६. विज्ञान प्रविधि महाशाखा
७. पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा
यी हुन् ३० शाखा
१. कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखा
२. अर्थिक प्रशासन शाखा
३. कानुन तथा फैसला कार्यान्वन शाखा
४. आन्तरिक व्यवस्थपन शाखा
५. प्राविधिक शिक्षा शाखा
६. निजी तथा सहकारी संघ-संस्था समन्वय शाखा
७. व्यावसायिक तालिम प्रवर्द्धन शाखा
८. गुणस्तर प्रत्यायन शाखा
९. शैक्षिक प्रविधि तथा विद्युतीय सुशासन शाखा
१०. प्रारम्भिक बालशिक्षा तथा विद्यालय पोषण शाखा
११. विद्यालय शिक्षा शाखा
१२. स्वयंसेवा परिचालन तथा भिसा शाखा
१३. पुस्तकालय समन्वय तथा अभिलेख शाखा
१४. वैकल्पिक तथा निरन्तर शिक्षा शाखा
१५. उच्च शिक्षा शाखा
१६. वैदेशिक अध्ययन अनुमति शाखा
१७. शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा
१८. छात्रवृत्ति शाखा
१९. योजना तथा बजेट शाखा
२०. विकाश सहायता समन्वय शाखा
२१. अनुगमन तथा मूल्यांकन शाखा
२२. जनशक्ति विकास योजना र समन्वय शाखा
२३. तथ्यांक, नीति तथा अनुसन्धान शाखा
२४. वैज्ञानिक अनुसन्धान शाखा
२५. आविष्कार तथा नवप्रवर्तन शाखा
२६. अपयुक्त प्रविधि शाखा
२७. अन्तरीक्ष तथा उदीयमान प्रविधि शाखा
२८. मापदण्ड, गुणस्तर तथा तथ्यांक शाखा
२९. अनुमति, नियमन तथा अनुसन्धान शाखा
३०. रासयनिक पदार्थ तथा प्रयोगशाला व्यावस्थापन शाखा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यस्तो छ नयाँ दरबन्दी



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।