काठमाडौं- यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार, आरोहण अनुमति लिने ४५ मध्ये २३ वटा समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका छन्।
विभागका महानिर्देशक दिनेश भट्टराईले सगरमाथा चढ्न २३ समूहका २ सय २६ आरोहीले अनुमति लिएको जानकारी दिए। उनका अनुसार, सगरमाथा, अन्नपूर्ण, आमादब्लम लगायत हिमाल आरोहणमा स्वदेशी तथा विदेशी आरोही गएका छन्।
विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ। ६ हजार ५ सय मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ।
यो याममा अझै थुप्रै आरोही हिमाल चढ्न आउने अनुमान गरिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।