काठमाडौं– ओम डेभलपमेन्ट बैंकले एकैदिन २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले नवलपुरको कावासोती र बर्दघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
कावासोती शाखा उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुन र बर्दघाट शाखा उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बसेलले गरेका हुन्।
बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
हाल बैंकले देशभर ५२ शाखा र ११ एटिएमबाट ग्राहकलाई सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।