काठमाडौं– कैलाश विकास बैंकले गुल्मी जिल्लाको पुर्तिघाटमा आफ्नो ४६औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकको उक्त शाखाको उद्घाटन कालीगण्डकी गाउँपालिकका प्रमुख वेद बहादुर थापाले गरेका हुन्।
बैंकले हाल देशभर ४६ शाखा, २२ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ। बैंकले निकट भविष्यमा झापाको दमक, बाराको गंजभवानीपुर, सिराहाको बेल्हा, पर्साको विरगंजलगायतका स्थानमा शाखा विस्तार गर्न लागेको जनाएको छ।
बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। बैंकले १९ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी कर्जामा १८ अर्ब ९ करोड रुपैयाँ प्रवाह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।