काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ विद्यावारिधि ग्रहण गरेका छन्।
उत्तराखण्डको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान गरिएको हो।
आजै दिल्लीबाट प्रधानमन्त्री ओली सो विद्यालय पुगेका थिए। उनले विश्वविद्यालय परिसरमा रुद्राक्षको बिरुवा रोपेका थिए।
प्रधानमन्त्री ओली आजै दिल्ली फर्किने र त्यहाँबाट नेपाल आउने कार्यक्रम छ।
यो पनि पढ्नुहोस्ः भारतको उत्तराखण्डमा प्रधानमन्त्री ओलीले रोपे रुद्राक्ष
(तस्बिरः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटरबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।