ओटावा– क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले प्रसिद्ध ‘हम्बोल्ट ब्रोन्कोस जुनियर हकी’ समूहका १४ खेलाडीको सडक दुर्घटनाबाट मृत्यु भएकोप्रति शोक व्यक्त गर्दै उक्त खबरले आँफूलाई मर्माहित तुल्याएको बताएका छन्।
शनिबार ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्री टुडोले भने,‘सडक दुर्घटनामा परी मृत्यु हुने खेलाडीका अभिभावकले यस दुःखद् खबरलाई कसरी सामना गर्नुभयो मैले कल्पनासम्म पनि गर्न सकिरहेको छैन। यस दुखद् घटनामा म सम्पूर्ण मृतक खेलाडीका अभिभावक, आफन्तजन तथा शुभचिन्तकप्रति सहानुभूति व्यक्त गर्दछु।’
जुनियर क्रिबेट समूह बोकेको बसलाई क्यानडाको राजमार्ग ३५ मा स्थानीय समय अनुसार शुक्रबार साँझ ६ बजे दक्षिणपश्चिमी प्रान्त तिस्देलमा ठक्कर दिँदा बसमा यात्रारत १४ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा १६ देखि २१ वर्ष समूहका हकी खेलाडीसहित उक्त खेलसँग आवद्ध अन्य १४ जना घाइते भएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।