काठमाडौं- संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले समृद्धि मुखले भनेर मात्रै सम्भव नरहेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा नेता राईले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाउँदै मुखले मात्र समृद्धि नआउने उल्लेख गरे। ‘पछिल्लो समयमा सरकार र प्रतिपक्षले समृद्धि र विकासका बारेमा ठूलाठूला कुरा गरेको सुनिन्छ।
समृद्धि मुखले भनेर सम्भव हुँदैन, समृद्धि प्राप्त गर्न काम गर्नुपर्छ’, उनले भने, ‘विकास गर्नका लागि सरकार लगनशील र गतिशील हुनुपर्छ। संविधानको सफल कार्यान्वयनका लागि सरकार नै लागिपरेको देखिँदैन।’ राप्रपा ‘राष्ट्रवादी’को भ्रातृ संगठन ‘राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ ‘स्वतन्त्र’लाई आफ्नो पार्टीमा प्रवेश गराउँदै राईले श्रमिक वर्गको हितका निम्ति निरन्तर संघर्ष गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।