काठमाडौं– मलेसियाले बुधबारदेखि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मलेसिया सरकारले मार्च १८ देखि ३१ मार्चसम्म विदेशी नागरिकलाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो।
सो निर्णयसँगै नेपाली कामदारहरु पनि १३ दिनसम्म मलेसिया जान नपाउने भएका छन्। मलेसियाका सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार यो अवधिभर मलेसियाली नागरिकलाई अन्य मुलुकमा जान समेत प्रतिबन्ध लगाइने छ।
अन्य विभिन्न मुलुकमा रहेका मलेसियाली नागरिकहरु स्वदेश फर्किएको अवस्थामा भने उनीहरुको स्वास्थ्य परीक्षण गरी १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ। मलेसियाले शैक्षिक संस्था तथा सरकारी निकायहरु समेत बन्द गर्ने उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।