नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा भारतको साझेदारीको लामो इतिहास रहेको मोदीले बताए। उनले भने, 'नेपालको सबै क्षेत्रको विकासका लागि भारत सधै तत्पर रहेनछ। तर भारतको सहयोग नेपालको प्राथमिकता तथा आवश्यकताको आधारमा हुनेछ।'
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै मोदीले भूपरिवेष्टित मुलुकको रुपमा रहेको नेपाललाई सागरसम्म जोड्नका लागि भारत पुल बन्ने धारणा राखे। 'सगरमाथाको देश सागरसम्म सिधा जोडिनेछ,' उनले भने, 'त्यसपछि नेपाल ल्यान्ड लिंक्ड मात्रै होइन बोटल लिंक्ड देश बन्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।