नयाँ दिल्ली– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको पहिलो अपेक्षा मित्रताको भएको बताएका छन्।
भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले मित्रता आफ्नो लागि सबैभन्दा महत्वपुर्ण रहेको बताउँदै त्यससँग अरु चिजको तुलना हुन नसक्ने उल्लेख गरे।
‘कुनैपनि सन्धि, कुनै पनि सम्झौता सुरु हुने भनेको मित्रताबाट हो।’, प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रा छिमेकीसँग, विशेष गरि भारतसँग पहिलो कुरा मित्रताको अपेक्षा गछौ।’
राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ लिएलगत्तै प्रधानमन्त्री ओलीले भरतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गरेका छन्। भेटमा द्विपक्षीय हित तथा सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ।

राष्ट्रपति कोविन्दसँगको भेटपछि प्रधानमन्त्री ओलीले भारतीय विदेश मन्त्री सुस्मा स्वराजसँग भेट गरिरहेका छन्। प्रधानमन्त्री ओलीसँगको भेटका लागि विदेश मन्त्री स्वराज राष्ट्रपति निवासमा पुगेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।