• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

एकदिवसीय मान्यताको दुई वर्ष : उकालो कि ओरालो?

64x64
सराेज तामाङ शनिबार, चैत १, २०७६  ११:१४
1140x725

काठमाडौं- २०७४ चैत १, यो मितिले नेपाली क्रिकेटमा खास अर्थ लाग्छ। २२ वर्षे नेपाली क्रिकेटमा त्यो ‘ठूलो उपलब्धी’ नयाँ खुड्किलोको रुपमा एक पाइला माथि थियो। अहिले दुई वर्ष बितिसक्दा पाइला माथि पुग्यो? त्यहीँ नै छ? या अझ तल देखिन्छ त?

जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट नेपाली क्रिकेटले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा सिंगो देश खुसीले गदगद थियो। वर्षौदेखिको तपस्या पूरा हुँदा खुसी नहुने कुरा पनि भएन। 

तर विजयी सधैँ आफ्नो हुँदैन अनि हार पनि। कुनै बेलाको उमंग अर्को समय निराशामा बदलिन्छ। एक समयको दुःख अर्को समय खुसीमा परिणत भइदिन्छ। यसको पछाडि जोडिएर आउँछ, परिश्रम र संघर्ष। त्यो दुई वर्षअघिको कडा परिश्रमले नेपाली क्रिकेटलाई एकदिवसीय मान्यतासम्म डोर्यायो। तर त्यही उचाइमा टिकाइराख्न भने हम्मे देखिएको छ। 

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको लामो समयमा नेपालले कति वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो? नेपाली खेलाडीले के कस्ता अनुभव लिन पाए? नेपाली क्रिकेटको घरेलु संरचनामा के कस्ता परिवर्तनहरु देखिए? यी मुख्य र जटिल प्रश्नहरु हुन्। हुन त यसको जवाफ नेपाल क्रिकेट संघ (क्यान) सँग पनि छैन। जो गएको असोजमा त बल्ल तीन वर्षभन्दा लामो प्रतिबन्धबाट छुटकारा पाएको छ।

त्यो उत्साह
‘ओडिआई स्टाटस पाइयो, स्टेडियम चाहियो।’

‘टुडिँखेलमा खेलेर विश्वकप खेल्न सकिन्न।’

‘क्यान विवाद समाधान गर।’

दुई वर्षअघि त्रिभुवन विमानस्थलमा क्रिकेट समर्थकले एकदिवसीय मान्यता पाएर स्वदेश फर्किएका खेलाडीको भव्य स्वागत गर्दै गरेको नाराबाजी हो यो।

Ncell 2
Ncell 2
nimb
nimb

यसले नेपाली क्रिकेटको वास्तविकता ऐना जसरी देखाएको थियो। विश्वकप छनोट पार गर्न नसके पनि एकदिवसीय क्रिकेटको माला भिरेर स्वदेश फर्किंदा नेपाली क्रिकेटरले ठूलै सम्मान र माया बटुल्न सक्यो।

जिम्बाब्वेमा भएको खेलमा नेपाल समूह ‘ए’ मा थियो। नेपालले यो समूहमा हङकङलाई ५ विकेटले पराजित गर्न बाहेक जिम्बाब्वेसँग ११६ रनले, स्कटल्यान्डसँग चार र अफगानिस्तानसँग ६ विकेटको हार ब्यहोरेको थियो।

सुपर सिक्समा पुग्न असफल भए पनि प्ले अफको खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दा अर्को प्ले अफमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गर्यो। योसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पायो। त्यसबेला नेपाली क्रिकेटले सारा नेपालीलाई एक ढिक्का बनायो। र भने ‘जय नेपाली क्रिकेट, सलाम नेपाली खेलाडी।’

Xtrem

Xtrem

नेपाली खेलाडी स्वदेश आइपुग्न पाइसकेको छैन। राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र क्यानमा आउन चाहने व्यक्तिले विभिन्न पुरस्कार राशि घोषणा गरे। तर कसैको पनि घरेलु संरचना र क्रिकेट खेलाडीलाई आवश्यक पर्ने सुविधाको बारेमा सोच्न भ्याएनन्। खेलाडीलाई रकम दिने बहानामा मिडिया प्रचारबाजीमै ब्यस्त भयो सरकार, राखेप र नीजि क्षेत्र पनि। त्यसैको प्रतिफल हो, अहिलेको दुर्गती।

नेपालले एकदिवसीय मान्यता पाएपश्चात के कस्ता योजनाहरु बने? घरेलु संरचनामा के कस्ता सुधारहरु भए? नेपालले यो दुई वर्षमा कतिवटा अन्तर्राष्ट्रिय खेल खेल्यो?

यो पनि पढ्नुहोस

नेपाली क्रिकेटमा दुर्घटनाको भयआइतबार, फागुन १८, २०७६

सिरिजमा औषत नेपाल
एकदिवसीय मान्यता पाएको करिब पाँच महिनापछि नेपालले नेदरल्यान्ड्ससँग पहिलो ऐतिहासिक दुई खेलको एकदिवसीय सिरिज खेल्यो। जहाँ पहिलो खेलमा ५५ रनले हारेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई एक रनले पराजित गर्दै सिरिज १-१ को बराबरीमा सकायो।

त्यसपछि एकदिवसीय सिरिजमा नेपालले युएईसँग खेलेको छ। युएईसँग नेपालले ३-३ खेलको एकदिवसीय र टि-२० क्रिकेट अन्तर्राष्ट्रिय सिरिज २०१९ को जनवरीमा खेल्यो। जहाँ युएईलाई नेपालले एकदिवसीय र टि-२० मा समान २-१ ले नै सिरिज आफ्नो पोल्टामा पार्यो। यो नै नेपालले एकदिवसीय र टि-२० सिरिजमा जितेको पहिलो सिरिज हो।

एकदिवसीय सिरिजको पहिलो खेलमा तीन विकेटले हारेको नेपालले त्यसपछि दोस्रो खेलमा १४५ रन र तेस्रो खेलमा चार विकेटको जित हात पार्दै सिरिज जितेको थियो।

टि-२० सिरिजमा पनि पहिलो खेलमा नेपालले २१ रनको हार ब्यहोरेको थियो। तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो खेलमा चार र तेस्रो खेलमा १४ रनको जित दर्ता गराएको थियो।

२०१९ कै जुलाईमा मलेसियासँग नेपालले २ खेलको टि-२० क्रिकेट सिरिज क्लिन स्विप गरेको छ।

नेपालले सिंगापुरमा त्रिकोणात्मक टि-२० क्रिकेट सिरिज खेलेको थियो। जहाँ जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो। तर जिम्बाब्वेसँगको दोस्रो खेलमा ४० रनले हार्दा सिंगापुरविरुद्धको खेल भने वर्षाको कारण रद्द भएको थियो।

त्यसपछि नेपालले ओमानमा भएको पाँच देशबीचको टि-२० क्रिकेट सिरिज खेलेको छ। जहाँ नेपालले तेस्रो भयो। पहिलो खेलमा हङकङलाई चार विकेटले हराएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई चार विकेटले नै हराएको थियो। तर त्यसपछिका खेलमा आयरल्यान्डसँग १३ रन र ओमानसँग ६ विकेटले हार्न पुग्यो।

नेपालले चार वटा टि-२० क्रिकेट सिरिज खेल्दा दुई वटा मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको छ।

अपत्यारिलो हार
नेपालले मलेसियामा २०१८ मै भएको एकदिवसीय एसिया कप छनोट खेल्यो। जहाँ खराब प्रदर्शन गर्दै नेपालले पाँच खेलमध्ये दुई खेलमा जित र तीन खेलमा हार ब्यहोर्दा चार अंक बनाएर चौथौ स्थानमा प्रतियोगिता सकायो। सिंगापुर र मलेसियालाई पराजित गर्दा ओमान, युएई र हङकङसँग नेपालले हार ब्यहोरेको थियो।

एसिया कप खेल्ने नेपालको फेरि एक पटक सपना टुट्दा खेलाडीको प्रदर्शन पनि भुल्न लायकको थियो।

२०१८ को अक्टोबरमा भएको आइसिसी टि-२० विश्वकपअन्तर्गत एसिया छनोटको बि च्याम्पियन बन्दै एसिया क्षेत्रको फाइनलमा प्रवेश गर्यो। तर जुलाईमा भएको एसिया क्षेत्रको फाइनल चरणमा नेपालले अपत्यारिलो हार ब्यहोर्न पुग्यो।

फेरि टि-२० विश्वकप खेल्ने सपना देखेको नेपालको यात्रा एसियाभन्दा माथि पुग्न सकेन। मलेसिया र कुवेतलाई समान ७-७ विकेटले हराएको नेपाल कतारसँग ४ र सिंगापुरसँग ८२ रनले स्तब्ध हुँदा विश्वकप खेल्ने सपना त्यहि तुहियो।

नेपाली क्रिकेटले आफ्नै घरेलु मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग-टु को त्रिकोणात्मक सिरिज खेलाउने मौका पायो। तर ओमानले शतप्रतिशत नतिजा निकाल्दा नेपालको भने मध्यम रह्यो।

नेपालले खेलेको चार खेलमध्ये दुई खेलमा जित र दुई खेलमा हार ब्यहोर्न पुग्यो। पहिलो खेलमा ओमानसँग १८ रनले हारेको नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्न सफल भयो। तर ओमानविरुद्धको दोस्रो खेलमा ८ विकेटले हारेको नेपालले अमेरिकालाई ८ विकेटले नै पराजित गर्न सफल भयो।

यो सिरिजबाट केही नेपाली खेलाडीले राम्रो खेले भने केही खेलाडीको प्रदर्शन खराब बन्यो। पहिलो पटक एकदिवसीय डेब्यु गरेका कुशल मल्ल अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बने। सुशन भारीको प्रदर्शन पनि उच्च रह्यो।

नेपाली क्रिकेटको वास्तविकता केही दिनअघि मात्रै थाल्यान्डमा सम्पन्न एसिसी टि-२० पूर्वी क्षेत्रीय छनोट प्रतियोगिताले प्रस्ट पार्छ। च्याम्पियन बन्ने लक्ष्यसहित थाइल्यान्ड प्रस्थान गरेको नेपाल पहिलो खेलमा नै मलेसियासँग २२ रनले पराजित हुन पुग्यो। 

दोस्रो खेलमा हङकङसँग ४३ रनले स्तब्ध बन्यो। योसँगै एसिया कप छनोटमा प्रवेश गर्ने अवसर कमजोर बनायो। थाइल्यान्डलाई ६६ रनमा अलआउट गर्दै मात्र ५.३ ओभरमा एक विकेटको क्षतिमा खेल जिते पनि नेपालको लागि ढोका बन्द भयो। सिंगापुरसँगको अन्तिम खेल भने वर्षाको कारण रद्द भयो। हुन त यो खेलको अर्थ नै थिएन।

पूर्वी क्षेत्रबाट सिंगापुर विजेता र हङकङ उपविजेता बन्दै एसिया कप छनोटमा प्रवेश गर्दा नेपाली खेलाडी भने आलोचना ब्यहोर्दै स्वदेश फर्किए।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछिको समयलाई नियाल्ने हो भने नेपाली क्रिकेटको प्रगति भन्दा पनि दुर्गती नै भएको देखिन्छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आयोजना गरेको प्रतियोगिताहरुमा नेपालको नतिजा निराशाजनक छ।

अब के त?
नेपालभन्दा निकै वर्षपछि आइसिसीको सदस्य बनेको अफगानिस्तानले टेष्ट मान्यता पाइसक्यो। तल्लो स्तरको सिंगापुर, मलेसिया र कतारले नेपाललाई पराजित गर्न थालिसक्यो।

नेपाली टिमको तालमेल कहाँ खुस्कियो? कुनै बेला क्रिकेट जगत नै तरंगित बनाउने टिममा एक्कासी कसरी सन्तुलन गुम्न पुग्यो? नेपाली क्रिकेट टिमलाई यतिबेला गतिलो उपचार चाहिएको छ।

लामो समय नेपाली क्रिकेट टिमको नेतृत्व गरेका पूर्वकप्तान विनोद दासको विचार निकै सान्दर्भिक छ। मलेसिया क्रिकेटको उदाहारण दिँदै उनी भन्छन्, ‘मलेसियाको घरेलु क्रिकेटमा हेर्नु भयो भने उनीहरु अन्य देशमा गएर खेल्ने योजना बनाइरहेको छ। अस्ति नेपालमा आएर एमएम कप खेलेर गयो। जबकि उनीहरु आफ्नो खर्चमा आएर खेलेर गए। उनीहरुलाई यहाँ आएर खेल्न आवश्यक नै थिएन। उनीहरुले म्याच एक्सपोजर मात्रै खोजिरहेका छन्।’

नेपाली क्रिकेट टिमको प्रदर्शन खस्किनु वा अस्थिर हुनुको कारण म्याच एक्सपोजर पनि हो। नेपाल क्रिकेट संघ (क्यान) ब्यँुतिएको पनि लामै समय भइसक्यो। तर अहिलेसम्म क्यानले एउटा लय समाप्त सकेको छैन। अध्यक्ष चतुरबाहादुर चन्द आफ्नै पार्टीको जिल्ला दौडमा ब्यस्त छन् भने अन्य पदाधिकारी आ-आफ्नै व्यवसायमा केन्द्रित छन्।

करिब यो ५ महिनाको अवधिमा क्यानले धेरै काम गर्न सक्थ्यो। तर क्यानका पदाधिकारीले क्रिकेटलाई दोस्रो प्राथमिकतामा राख्दा निलम्बन हुँदाको क्यान र अहिलेको क्यानमा केही फरक छैन।

घरेलु संरचना ध्वस्त छ। राष्ट्रिय प्रतियोगिता छैन। स्थानीय स्तरदेखि खेलाडी उत्पादनमा कार्यक्रमहरु ल्याउन सकेको छैन। क्यान आयो सुत्यो। क्रिकेट खेलाडीले गरेको महशुस पनि यहि हो।

अब हामीसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको बाँकी समय दुई वर्ष छ। दुई वर्ष केही नगरी नै सकियो। यो समयमा नेपाली क्रिकेट टिम परिष्कृत हुँदै आफूलाई अब्बल बनाउनु पर्छ। त्यसको लागि क्यानले प्रभावकारी काम नगरी सुखै छैन।

अब नेपालको मुख्य प्रतियोगिता भनेकै लिग-टु हो। लिग टुमा राम्रो गर्दै अघि बढे नेपालको एकदिवसीय मान्यता निरन्तर रहन सक्छ। नत्र हामी यस्तै त हो नि .... । 

यो पनि पढ्नुहोस

क्यान आयो, सुत्यो!सोमबार, पुस २१, २०७६

 

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्