• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

क्यान आयो, सुत्यो!

क्रिकेटको विकास कि समय बिताउने मेलो?
64x64
सराेज तामाङ सोमबार, पुस २१, २०७६  ११:३६
1140x725

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पाएको तीन महिना नाघ्यो। आइसिसीबाट निलम्बन फुकुवा भएको पनि त्यति नै।

२०७३ बैशाख १३ गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट निलम्बनमा परेको क्यान असोज २७ गते ब्युँतियो। सशर्त गरिएको फुकुवासहित।

क्रिकेट बुझ्नेहरुको आश थियो– अब नेपाली क्रिकेटले गति लिन्छ। धमाधम योजनाहरु आउँछन्। तल्लो तहदेखि क्रिकेट विकासका लागि काम हुनेछ। क्यानले आलोचकको मुख टाल्ने छ।

हुन पनि डिभिजन फाइभदेखि एकदिवसीय मान्यतासम्म आइपुग्दा नेपाली क्रिकेटले मैदानबाट दिएको खुसी जति नै ठूलो भए पनि क्यानमाथिको प्रतिबन्धका कारण भोगेका समस्याहरु पनि उस्तै ठूला थिए। खेलाडी र प्रशिक्षकले पाउने तलबको अप्ठ्यारादेखि हरेक प्रतियोगितामा जान र त्यसको तयारी गर्न आइसिसीकै मुख ताक्दा कति अवसरसमेत गुमे। यसैले नयाँ नेतृत्व आएपछि सुधारको आश हुनु स्वभाविक हो।

अहिले काम कसरी बढीरहेको छ त्यसका आधारमा क्यानको अगाडिको दिन पनि प्रष्ट देखिन्छ। पात्र उही, प्रबृत्ति उही। ठूला अपेक्षा राख्नु बेकार जस्तै। असोज ११ गते काठमाडौंमा भएको चुनावी मैदानबाट पूर्व अध्यक्ष विनयराज पाण्डेलाई २९ मतान्तरले पराजित गर्दै चतुरबहादुर चन्द क्यानका अध्यक्ष भए।

उनले आफूले अध्यक्ष मात्रै जितेका होइनन्। क्यानका १७ सदस्यीय केन्द्रिय कार्यसमितिमा सबै चतुरबहादुरकै प्यानल जित्यो। यसले लामो समय क्यानको नेतृत्व गरेका विनयराज पाण्डे र उनलाई साथ दिइरहेको नेकपा प्यानल पत्ता साफ नै भयो।

निर्वाचनपछि क्यान पदाधिकारी सामूहिक तस्बिर खिचाउँदै। 

आइसिसीकै निरिक्षणमा सम्पन्न भएको चुनावबाट के प्रष्ट देखिन्थ्यो भने, अध्यक्ष चतुरबहादुर र सचिव अशोकनाथ प्याकुरेल पक्षलाई काम गर्न क्यानभित्रै कुनै असहयोग हुने छैन। एउटै प्यानल क्यानको नेतृत्वमा आएको हुँदा नेपाली क्रिकेटका लागि काम छिटो र प्रभावकारी हुनेछ। तर यतिबेला ती अपेक्षामा तुसारापात भइदियो।

यता, क्यान अध्यक्ष चतुरबहादुर चन्द भने यो कुरालाई मान्न तयार छैनन्। ‘नतिजा नदेखिएको मात्र हो, कामहरु भइरहेका छन्। केही दिनमै सबैले प्रत्याभूति गर्नु हुनेछ’, अध्यक्ष चन्दले भने।

Ncell 2
Ncell 2
nimb
nimb

अनेक बखेडाबाट बढीरहेको क्यानमा नयाँ निर्वाचन भएपछि खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल सबै जस लिने हतारोमा थिए। ‘आफ्नै कारण क्यान फर्कन सकेको र त्यसका लागि धेरै दुःख गरेको’ बताए पनि अहिले त्यो दुःख देखिने काम भने देखिँदैन।

हौसिएका सदस्य सचिव सिलवालले त नेपाली क्रिकेटले छिटै खुसीको खबर थाहा पाउने र त्यसले नेपाली क्रिकेटलाई माथि लैजान सहयोग गर्ने बताएका थिए।

आइसिसीसँग नेपाली क्रिकेटलाई माथि लैजाने कुन योजना तय भएको हो र कस्तो सहमति भएको छ भन्ने नखुलाई उनले भनेका थिए– ‘केही दिनपछि नेपाली क्रिकेटका लागि अर्को एउटा खुसीको कुरा आउनेछ। त्यो के हो भनेर अहिल्यै नै भन्न हतारो होला। तर, नेपाली क्रिकेटको विकासका लागि केही राम्रै कुरा हुँदै छ।’

सदस्य सचिवले भनेको खुसीको खबर आउने ‘केही दिन’को प्रतीक्षा गरिरहेका क्रिकेटप्रेमीहरुले उनको भनाइ बिर्सेका छैनन्।

Xtrem

Xtrem

सुनसान मैदान, भव्य प्रतियोगिता?

यो अवधिमा क्यानले के–के काम गरेको छ त? असोज ११ पछि क्यान कार्यसमिति दसैँ–तिहार र १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा अलमलियो।

यता, क्यान अध्यक्ष चन्दका तर्क गजब छ। भन्छन्– ‘सागमा क्रिकेट हामीले भव्यताको साथ सम्पन्न गरेका हौँ।’ तर यही कुरालाई दर्शक माझ लैजाने हो भने, वास्तविकता अर्कै पाउँछौं।

नेपालमा क्रिकेटमा माहोल निकै बढेको छ। पछिल्ला दिनहरुमा त्रिवि क्रिकेट मैदानमा नेपालले खेल्ने खेलहरुमा दर्शकको घुँइचो यतिका हुन्छन् कि पाइला राख्नसम्म हम्मेहम्मे हुन्छ। तर सागका क्रिकेट त्रिवी मैदानमा आयोजना हुँदा सुनसान थियो। दर्शक थिएनन्।

साग खेलकुदका बेला।

दशरथ रंगशालामा फुटबल हेर्न क्षमता भन्दा बढी दर्शक भएपछि भिडभाडमा पुलिसले लाठि नै चलायो। फुटबल मात्रै हैन, भलिबल, स्वीमिङ, कराते, तेक्वान्दो लगायतका खेलहरुमा दर्शकको घुँइचो हुँदा त्रिवि मैदान भने सुनसान थियो। तर, क्यान अध्यक्ष भने सागमा क्रिकेट भव्यताको साथ सम्पन्न गरेको भनेर दाबी गर्छन्। टेष्ट राष्ट्रका खेलाडी सुनसान त्रिवी मैदानमा प्रतिस्पर्धा गरेको प्रतियोगितालाई कुन आधारमा भव्यताको साथ सम्पन्न भयो भन्ने?

क्यान अध्यक्ष गर्वका साथ भन्छन्, ‘१३औं सागमा क्रिकेट भव्यताका साथ सम्पन्न गरायौँ। साढे ३ लाख रुपैयाँ व्यक्तिगत खर्च गरेर सागमा क्रिकेट आयोजना गरेका हौँ,’ उनी थप्छन्, ‘पैसा नै दिएन। क्यानका पदाधिकारीको गोजीबाट पैसा खर्च गरेको हो। नत्र त्यहाँ बदनाम हुने अवस्था थियो।’

साग खेलकुदको आयोजनाको व्यवस्थापन गर्न राखेपले सबै सम्बन्धित खेल संघहरुलाई जिम्मा दिएको थियो।

उनी भन्छन्, ‘सबै कुराको ब्यवस्थापन गर्नु पर्ने अवस्था आयो। यो अलिकति गाह्रो थियो। साग क्रिकेटकोे व्यवस्थापन निकै राम्रो गरेका हौँ।’

गएको तीन महिनामा आफ्नो कार्य समितिले गरेको काम भन्दै क्यान अध्यक्षले ताकेता गर्ने बाटो बन्यो साग क्रिकेट।

अहिले के गर्दै छ क्यान?

क्यान निलम्बन हुँदा नेपाली क्रिकेटले धेरै गुमाएको छ। अझ भनौं प्रतिस्पर्धाको राजमार्गमा अन्य देशको गति १०० हुँदा हामी ५० मा पनि कुद्न सकेनौं। क्रिकेट विश्लेषक यहि तर्क गर्छन्।

तर यहि बेला नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धिहरु पाए। अन्तर्राष्ट्रिय एकदिवसीय मान्यतादेखि सिरिजमा ऐतिहासिक उपलब्धि र रेकर्डहरु यहि अवधिमा भयो। यी सबै खेलाडी र प्रशिक्षकको देन थियो। न कि कुनै क्यान पदाधिकारीको।

क्यान निलम्बन फुकुवा भएको लामो समय बितिसक्यो। यसबेला क्यान के गर्दै छ? भन्ने जिज्ञासा र प्रश्नहरु उठ्नु आवश्यक पनि छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द।

अध्यक्ष चन्दका अनुसार क्यान अहिले प्रायोजक खोज्ने, २०२० को बजेट निर्माण गर्ने, त्रिकोणात्मक सिरिजको तयारी गर्ने र क्यालेन्डर बनाउने काममा जुटेको छ। माघ २२ देखि २९ गतेसम्म आइसिसी विश्व कप क्रिकेट लिग–टु अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिवी क्रिकेट मैदानमा त्रिदेशीय सिरिज खेल्दैछ।

यसकै तयारीमा छ क्यान। ‘साग खेलकुद सकिएको भोलिपल्टबाट आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिकोणात्मक सिरिजको तयारीमा लागेका छौं,’ अध्यक्ष चन्दले भने, ‘त्रिकोणात्मक सिरिजका लागि टेलिभिजन अधिकारदेखि विभिन्न प्रायोजक ल्याउने प्रयासहरु भइरहेका छन्। लिग–टु को लागि हामीले छुट्टै प्रायोजक ल्याउने लक्ष्यमा छौं।’

क्यान कार्यसमितिलाई काम गर्न चुनौती र अप्ठ्यारा नभएका भने होइनन्। एउटा युद्ध जितेर क्यान अध्यक्षमा चुनिएका हुन् चतुरबहादुर चन्द र उनको प्यानल। राखेप र अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँगको विश्वास जित्नु नै यो कार्यसमितिको लागि एउटा ठूलो चुनौती हो।

त्यसो त राम्रो काम गरेर सबैको मुख थुन्ने अवसर पनि छ। तर त्यहि अनुसारको गति अहिलेसम्म क्यानले लिएको छैन। क्यान फुकुवा हुँदा र प्रतिबन्धमा हुँदा खेलाडीलाई पनि खासै फरक लागेको छैन। अपडेट नभएर हराएको क्यानको वेवसाइट अझै सञ्चालन हुन सकेको छैन।

अहिले क्यानको गति यस्तो छ कि बल्तल्ल रोक्का भएको क्यानको बैंक खाताहरु सञ्चालनमा आयो। त्यो पनि मुश्किलले। ‘खाताहरु केही दिनअघि मात्रै अपडेट भयो। सानिमा बैंकमा दुई वटा खाता अपडेट भइसकेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको केवाइसीले गर्दा केही समस्या आएको थियो। त्यो पनि ठिक भयो,’ क्यान अध्यक्षको जवाफ यस्तो छ।

आइसिसीको ८ करोड

२०२० मा नेपाली क्रिकेटको विकास तथा प्रतियोगिता आयोजना गर्न आइसिसीबाट ठूलो धनराशी क्यानलाई छुट्याइएको छ। तर आइसिसीबाट पाएको बजेट केमा कति खर्च गर्ने भन्ने मा नै क्यान अझै अनविज्ञ छ।

क्यान भन्छ, ‘आइसिसीले २०२० को लागि करिब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। हामीले २०२० को बजेट निर्माण गरिरहेका छौं। अब क्यालेन्डर बनाउँछौं।’

यतिबेला क्यान अरुको कार्यतालिका मिलाउँदैमा ब्यस्त छ, कसरी गर्ने एनपिएल? त्यो पनि भव्य! एनपिएलको लागि क्यानले संयोजकको रुपमा प्रशान्त विक्रम मल्ललाई तोकेको छ। तर एनपिएल आयोजना गर्न के–के गृहकार्य भयो त? हात लाग्यो शून्य। अर्थात केही काम भएको छैन।

त्यसो त, क्यानको बजेट आइसिसीमा रोकिएको पनि निकै भयो। त्यो बजेट चाहिँ ल्याउन क्यानले पहल गर्दैन? ‘रोकिएको बजेट अब आइसिसीले हाम्रो कोटामा कति खर्च गरेको छ। बाँकी रकम आइसिसीको बोर्डले नै रिलिज गर्नु पर्छ। हामीले पनि रिलिज गर्न माग गर्ने कार्यक्रम तय गरेका छौं। आइसिसीले पनि त्यही अनुसारले दिन्छ होला’ क्यान अध्यक्ष चन्दले भने।

क्यान यतिबेला कार्यतालिका मिलाउने र आइसिसीको कार्यक्रममा नै केन्द्रीत भएको देखिन्छ। क्यान आइसिसीको कार्यक्रम र फ्रेन्चाइज लिगको मिति मिलाएर बस्ने कि आफ्नै ग्रास रुटदेखि क्रिकेटको विकासमा लाग्ने? नेपाली क्रिकेटको विकास गर्न क्यान आफैसँग योजना भने प्रभावकारी देखिँदैन।

‘हामीले कार्यक्रम गर्ने भन्दा पनि कार्यतालिका मिलाउने प्रयासमा छौं। कार्यतालिका व्यवस्थापन गर्न नै गाह्रो भयो।’ अध्यक्ष चन्द थप्छन्, ‘फ्रेन्चाइज लिगहरु भइरहेको हुँदा र बिचैमा नेपालको लिग–टु का सिरिजहरु हुनेभएकाले कार्यतालिका मिलाउन निकै गाह्रो छ।’

एनपिएल नारा मात्रै?

नेपालमा पछिल्लो समयमा सर्वाधिक प्रतियोगिता हुने मध्ये एक खेल हो, क्रिकेट। फ्रेन्चाइज लिग मात्रै तीन वटा छन्।

पोखरामा पोखरा प्रिमियर लिग, काठमाडौंमा एभरेष्ट प्रिमियर लिग र धनगढीमा धनगढी प्रिमियर लिग। क्यान निलम्बनमा हुँदा यी नै तीन वटा फ्रेन्चाइज लिग र अन्य घरेलु प्रतियोगिताले क्रिकेट धान्यो।

‘क्यान ब्युँतिएको छ। क्यानका आफ्नै कार्यक्रमहरु छन्। अब एनपिएल हुन्छ त्यो पनि भव्य’, असोज ११ गते चुनाव जितेपछि अध्यक्ष चन्दले भनेका शब्द हुन् यी।

तर यतिबेला क्यान अरुको कार्यतालिका मिलाउँदैमा ब्यस्त छ, कसरी गर्ने एनपिएल? त्यो पनि भव्य! एनपिएलको लागि क्यानले संयोजकको रुपमा प्रशान्त विक्रम मल्ललाई तोकेको छ। तर एनपिएल आयोजना गर्न के–के गृहकार्य भयो त? हात लाग्यो शून्य। अर्थात केही काम भएको छैन।

क्यान तर्कमै अल्झिएको छ। भन्छ, प्राइभेट कम्पनीले गरेको फ्रेन्चाइज लिगमा भन्दा भिन्न गर्छौ।’

‘क्यानले गर्ने लिग र प्राइभेट क्षेत्रले गर्ने लिगमा केही फरक त हुनै परिहाल्यो। त्यसले हामी गृहकार्यमा छौँ। मैले त सोचेको थिए बैशाख जेठमै आयोजना गर्न सकिन्छ कि भनेर तर २०२० मा चाहिँ एनपिएल गरेरै छाड्ने लक्ष्यमा छौं’, अध्यक्ष चन्दले भने।

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  ११:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी मंगलबार, असोज २०, २०८३
१४ मिनेटमै फ्रान्सको ४ गोल मंगलबार, असोज २०, २०८३
देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना मंगलबार, असोज २०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्