• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपाली क्रिकेटमा दुर्घटनाको भय

किन कमजोर हुँदैछ नेपालको खेल? 
64x64
ऋग्वेद शर्मा आइतबार, फागुन १८, २०७६  १५:४७
1140x725

काठमाडौं- ‘नेपाली क्रिकेटमा के बिग्रिएको हो मलाई थाहा छैन। विश्वास गर्नुस मलाई वास्तवमै थाहा छैन। आश गरौँ हामीले जितको तरिका छिटै भेटाउने छौँ’ नेपाली क्रिकेट टिमको खराब खेलबारे पूर्वकप्तान बिनोद दासको भनाइ हो यो।  

एसिसी टी २० पूर्वी क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले लगातार दुई खेल हारेपछि दासले नेपाली क्रिकेटमा बिग्रिएको अवस्था के हो भन्ने अज्ञानता रहेको सँगै आश मार्न नहुनेतर्फ संकेत गरे। तर आश गरेर पर्खिएको लामो समय भयो, खेल सुधार भन्दा खस्कनेतर्फ देखिँदै छ। मलेसिया र हङकङसँगको हार त्यसैको उदाहरण हो। 

मलेसिया टी २० मा ३२औँ वरियताको टिम हो। हङकङ २३औँ वरियतामा छ भने नेपाल १२औँ वरियतामा छ। स्कटल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सभन्दा अघि रहेको टिम नेपालबाट अपेक्षा र आश राखिरहेका दर्शक पनि अब त निराश हुँदै भन्न थालेका छन्- ‘नेपाली टिममाथि आश गर्नु र खेल हेर्नु आफ्नै भावनामाथिको खेलवाड हो।’ 

खेलकुदमा बेलाबखत प्रयोग हुने ‘लज्जास्पद हार’ वाक्यंशको प्रयोग यतिबेला नेपाली टिममाथि भइरहेको छ। हार र लज्जास्पद हारबीच कुनै अन्तर हुन्छ भन्ने उदाहरण नेपाली टिमको हारले देखाएको छ। टी २० विश्वकप खेलिसकेको र एकदिवसीय मान्यता लिएर बसेको टिममाथिको आश र खेलाडीको प्रदर्शनबीच तालमेल देखिएको छैन। 

आजभन्दा आठ वर्षअघि २०१२ मार्च १३ मा हङकङसँग नेपालको पहिलो टी २० खेल थियो। दुबईमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा २० ओभर खेल्दै ६ विकेट जाँदा १ सय ३० रन बनाएको थियो। जहाँ हङकङले पनि २० ओभर पूरा खेलेर ९ विकेट गुमाउँदै १ सय २ रन मात्रै बनाउन सक्यो। नेपालले पहिलो टी २० खेल २८ रनले जित्यो। जहाँ ६२ बलमा ६८ रन हानेका पारस खड्का प्लेयर अफ दि म्याच बनेका थिए। ज्ञानेन्द्र मल्लले २४ बलमा २६ रन बनाएका थिए। चन्द्र सावदले चार, शक्ति गौचन र सञ्जम रेग्मीले दुई-दुई विकेट लिएका थिए। 

त्यसको दुई वर्षपछि २०१४ मार्च १६ मा नेपालले पहिलो टी २० अन्तर्राष्ट्रिय हङकङविरुद्ध नै खेल्यो। बंगलादेशमा भएको टी २० विश्वकपमा। हङकङले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले पूरा २० ओभर खेलेर ८ विकेट जाँदा १ सय ४९ रन बनायो। हङकङ ६९ रन बनाउँदा १७ ओभरमै अलआउट भयो। क्रिकेटको ठूलो मञ्चमा नेपालको जित ऐतिहासिक बन्यो। 

त्यसबेला ज्ञानेन्द्र मल्लले ४१ बलमा ४८ रन साथै पारस खड्काले ३७ बलमा ४१ रन बनाएका थिए। सुवास खकुरेलले १६ बलमा २२ रन बनाएका थिए। बलिङमा बसन्त रेग्मी र शक्ति गौचनले तीन-तीन, सोमपाल कामीले दुई साथै पारस खड्का र जितेन्द्र मुखियाले एक-एक विकेट लिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले एसिसी टी २० पूर्वी क्षेत्रीय छनोट प्रतियोगितामा थाइल्याण्डमा नेपाली टिम हङकङसँग नै ४३ रनले पराजित भयो। नेपाली क्रिकेट धेरै अगाडि पुगिसक्दाको यो हार झस्काउने खालकै छ। हङकङसँगको हारको अघिल्लो दिन नेपाली टिम मलेसियासँग २२ रनले हारेको थियो। यो हार ‘खेल हो भन्न सकिँदैन’ भन्ने चलनअनुरुपको छैन। 

ब्याटिङमा मात्र होइन बलिङमा पनि नेपालको खेल स्तरभन्दा निकै कमजोर छ। नेपाली टिममा आठ वर्षअघि हङकङसँग पहिलो टी २० खेल्दाको जस्तै अहिलेसम्म पनि पारस खड्का र ज्ञानेन्द्र मल्लमाथि नै आश गरिरहन पर्नु क्रिकेटका लागि दुःखद अवस्था नै हो। 

क्रिकेट विश्वकप लिग टू मा ओमान र अमेरिकाविरुद्धको सिरिजअघि राजीनामा दिएका प्रशिक्षक उमेश पटुवाल सिरिज सकिने वित्तिकै हिँडे। नेपाली टिममा भैपरिआउँदा मात्रै याद गरिएका प्रशिक्षक जगत टमाटाले अहिले टिम थाइल्याण्ड लिएर गएका छन्। 

Xtrem

Xtrem

नेपाल, हङकङ र मलेसियासँगै प्रतियोगितामा थाइल्याण्ड र सिंगापुर रहेको छ। कोरोना भाइरसका कारण म्यानमार, चीन र भुटानले प्रतियोगिता नखेल्ने निर्णय गरेको थियो। थाइल्याण्ड जानुअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले भनेका थिए- ‘ हाम्रो लक्ष्य भनेको च्याम्पियन बन्ने नै हो। टि-२० क्रिकेट हो। एक ओभरले पनि खेल परिवर्तन हुन सक्छ। त्यसैले आफ्नो खेलमा ध्यान दिनु पर्छ जस्तो लाग्छ।’ 

कप्तान मल्लले विजेता बन्न आफ्नो खेलमा नै ध्यान दिनुपर्ने बताएअनुसार अहिलेको दुई हार नेपालले ध्यान नदिएर भोगेको हो त? 

कमजोर भनिएका टिमसँगको हारमा नेपालको व्यवस्थापकीय र प्राविधिक कमजोरी मुख्य कारण रहेको पूर्वकप्तान एलबी क्षेत्री बताउँछन्। ‘हामीले मलेसिया र हङकङसँगको हारलाई सहज रुपमा लिनु हुँदैन। यसमा व्यवस्थापकीय र प्राविधिक कमजोरी पनि नियाल्नैपर्छ। खेलाडीको मनोबल खस्केको छ। केही दिनको क्याम्पले त क्रिकेट कहिल्यै सुध्रँदैन’ पूर्वकप्तान एलबीले भने। 

नेपाली टिममा पहिले देखिएका राम्रा पक्षसमेत अहिले छोपिँदै गएको उनको भनाइ छ। भन्छन्- ‘ब्याटिङ सुधारको जुन आश देखिएको थियो त्यो अहिले छैन। बलिङ पनि अरुको तुलनामा सुधारको बाटोमा देखिएन। १९९६ बाट बढेको टिम एकदिवसीय मान्यतासम्म पुगिसक्दा पनि यस्तो कमजोर देखिइनु राम्रो लक्षण होइन।’  

पूर्वकप्तान एलबी यसअघि टी २० विश्वकपमा एसियाको फाइनल चरणको छनोट र अहिले एसिसी टी २० पूर्वी क्षेत्रीय छनोट प्रतियोगितालाई हेर्दा नेपाली टिमको हार सामान्य खेलमा भएको हारका रुपमा मात्र हेर्न नहुनेसमेत बताउँछन्। ‘यो त गम्भीर विषय हो। अब विश्लेषण गरेर अगाडि नबढ्ने हो भने नेपाली क्रिकेट दुर्घटनातर्फ जान्छ। यसमा क्यान, नेपाल सरकार सबै गम्भीर हुनुपर्छ जस्तो लाग्छ’ उनले भने।   

मलेसियाविरुद्धको खेलमा ओपनिङमा आएका कुशल मल्ल २ बल खेलेर बिनारन आउट भए। ज्ञानेन्द्रले ३३ बलमा ३८ रन बनाए। पारस १० बलमा ९ रन बनाउँदा आउट भए। दिपेन्द्र सिंह ऐरीले ४० बलमा ३८ रन, पवन सर्राफले १४ बलमा १९, बिनोद भण्डारीले ११ बलमा ७, आरिफ शेख ३ बलमा ५, करण केसी ३ बलमा २, सन्दीप लामिछाने ३ बलमा १ र सुशन भारी पहिलो बलमा नै आउट भए। 

मलेसियाविरुद्ध पवन एलबिडब्ल्यू आउट हुनुबाहेक बाँकी सबै खेलाडी क्याच आउट भएका थिए। प्राय त खराब सट छनोटका कारण नै। ज्ञानेन्द्र र दिपेन्द्रले ५९ बलमा ६७ रनको साझेदारी गर्नुबाहेक अरु केही सुखद देखिएन। 

हङकङविरुद्ध ओपनिङमा आएका कुशल मल्लले १४ बलमा १९ रन बनाए। ज्ञानेन्द्र मल्लले ४३ बलमा ४६ रन बनाए। पारस खड्काले ७ बलमा ४, दिपेन्द्र सिंह ऐरीले ८ बलमा ५, पवन सर्राफले ३ बलमा १, बिनोद भण्डारीले ५ बलमा ५, आरिफ शेखले १३ बलमा १०, करण केसीले ६ बलमा ७ रन, अभिनाश बोहराले ७ बलमा १२ रन बनाए। दुई बल खेलेका सन्दीप लामिछाने बिनारन आउट भए। हङकङविरुद्ध पारस एलबिडब्ल्यू र ज्ञानेन्द्र स्पम्पिङ आउट हुनुबाहेक बाँकी सबै खेलाडी क्याच आउट नै भए। 

बलिङमा मलेसिया र हङकङ दुवै टिमविरुद्ध नेपालले १ सय ५४ रन नै खर्चियो। करण केसीले मलेसियाविरुद्ध ४ ओभरमा २९ रन खर्चेर १ विकेट, हङकङविरुद्ध ३ ओभरमा ३३ रन खर्चेर विकेटविहीन रहे। 

अभिनाश बोहराले मलेसियाविरुद्ध ४ ओभरमा ३९ रन खर्चेर २ विकेट साथै हङकङविरुद्ध ४ ओभरमा २४ रन खर्चिएका उनले विकेट लिन सकेनन्। सन्दीप लामिछानेले मलेसियाविरुद्ध ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए भने हङकङविरुद्ध ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। मलेसियाविरुद्ध ३ ओभर बलिङ गरेर २० रन साथै हङकङविरुद्ध २ ओभरमा १४ रन खर्चेका पारस खड्का विकेटविहीन रहे। पवन सर्राफले मलेसियाविरुद्ध २ ओभर बलिङ गरेर १७ रन खर्चँदै विकेटविहीन रहे। हङकङविरुद्ध उनले बलिङ गर्न पाएनन्। 

बसन्त रेग्मीको ठाउँमा टिममा स्थान बनाएका सुसन भारीले मलेसियाविरुद्ध ३ ओभरमा २६ रन खर्चिएर विकेटविहीन रहेका थिए भने हङकङविरुद्ध ४ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिए। हङकङविरुद्ध ३ ओभर बलिङ गरेका कुशल मल्लले १६ रन खर्चेर १ विकेट लिए। 

यो सबै हेर्दा नेपालको अपेक्षाअनुसार न त ब्याटिङ रह्यो न त पहिलेको जस्तो कसिलो बलिङ नै। टी २० विश्वकपमा एसियाको फाइनल चरणको छनोट र अहिले एसिसी टी २० पूर्वी क्षेत्रीय छनोट प्रतियोगितामा भएको खराब प्रदर्शनमा पहिलेदेखि नै भनिने ब्यवस्थापकीय कमजोरी मात्र कारण हो या खेलाडीमै केही कमि छ त? 

नेपाली टिममा लामो समय सँगै खेलेका बसन्त रेग्मी मानसिक रुपमा खेलाडी तयार नरहनु पनि एउटा कारण भएको बताउँछन्। ‘खेलाडीहरुको खेल्ने शैली र सोचमा परिवर्तन हुन सकेको छैन। खेलाडी मानसिक सोच परिवर्तन गर्ने प्रशिक्षणको आवश्यकता नेपाली टिममा देखिएको छ’ रेग्मीले भने। 

खेलाडीहरुको स्तर कमजोर नभएको तर मैदानमा हुनुपर्ने सकरात्मक सोच आउन नसकेको रेग्मीको बुझाइ छ। ‘सबै कुरा एकैपटक परिवर्तन गर्न खोज्यो भने भएको पनि हुँदैन। खेलाडीले नै शैली र सोचमा परिवर्तन गर्न पनि आवश्यक छ’, उनी भन्छन्, ‘खेलाडीलाई मोटिभेट गरेर सिकाउन सकिएको छैन जस्तो लाग्छ। ब्याटिङ, बलिङ कमजोर होइन हाम्रो दिमाग कमजोर छ, क्लियर भिजन र क्लियर प्लानिङका साथ बढ्नुपर्छ।’

लामो समय ब्यवस्थापकीय निकायको अभाव देखिँदा पनि नेपाली टिमले पाइरहेको उपलब्धी अहिले ब्यवस्थापनका लागि नेपाल क्रिकेट संघ फर्किसक्दासमेत सुधारको साटो कमजोरी मात्रै देखिनु दुःखद नै छ। हुन त पूर्वकप्तान बिनोद दासले भनेजस्तो ‘कुनै एक बाटोको अन्त्य विश्वकै अन्त्य हुनु होइन, हामी फेरि फर्कने छौँ।’ तर नयाँ बाटोबाट गन्तव्यमा पुग्न मेहनत अझ बढाउनै पर्छ। 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्