काठमाडौं– राजनीय भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय सरकारले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।
भ्रमणको दोस्रो दिन भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो।
योसँगै प्रधानमन्त्री ओलीको दोस्रो दिनको व्यस्त भ्रमण तालिका सुरु भएको छ।
यस लगत्तै प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।