पेरिस– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरिया द्वन्द्व अन्त्यका लागि सिरियाली द्वन्द्वरत पक्षलाई थप दबाब सिर्जना गर्न आग्रह गरेका छन्।
‘फ्रान्सका राष्ट्रपतिले हालैका महिनामा सिरियामा ठूलो सङ्ख्यामा सर्वसाधारणको ज्यान गुमेकोतर्फ पुटिनको ध्यानआकृष्ट गर्दै रूसको सिरियामा रहेकोे प्रभावलाई पूर्णतया प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ।,’ म्याक्रोँको कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा बताइएको छ।
उक्त कुराकानीमा दुई नेताले सिरियामा इश्लामिक स्टेट समूहको गतिविधिलाई पुन सक्रिय हुन नदिने र सिरियामा लामो समयदेखि रहँदै आएको राजनीतिक समस्या समाधान गर्ने लगायतका कुरामा मस्को र पेरिसबीचको नियमित छलफल आवश्यक रहनेमा समेत जोड दिएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।