• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कोरोनाको कहर : कतार प्रतिबन्धपछि पनि नेपालीलाई रोजगारी नै गुम्ने डर 

64x64
नेपाल लाइभ बिहीबार, फागुन २९, २०७६  १४:१९
1140x725

काठमाडौं- विश्वमा बढ्दै गएको कोभिड-१९ (कोरोना संक्रमण) को जोखिममाथि सतर्कता अपनाउँदै कतारले तत्कालका लागि प्रवेश रोक लगाएसँगै लाखौँको संख्यामा नेपालीहरु प्रभावित बनेका छन्। 

नेपाली कामदारको दोस्रो आकर्षक गन्तव्य मुलुक कतारले आइतबारदेखि नेपालसहित अन्य १४ मुलुकका नागरिकलाई लगाएको प्रतिबन्धले लाखौँको संख्यामा नेपाली कामदारहरु प्रभावित बनेका हुन्। 

कतारले प्रवेश प्रतिबन्ध गरेसँगै कतारस्थित विभिन्न कम्पनीमा कार्यरत रहेका नेपालीहरु कोरोनासँग भन्दा पनि आफूले गरिरहेको काम गुम्ने हो कि भन्ने त्रासमा भेटिएका छन्। 

यो समयमा बिदा मिल्नेहरु पनि कोरोनाको कारण बिदा सकेर गन्तव्य मुलुकमा फर्किन नपाइने हो कि भन्ने चिन्ताले बिदा नै रद्ध गरेर उतै रोकिएका छन्। भिसा अवधि सकिन लाग्दा बिदामा फर्किएर नेपालमै रोकिएकाहरु आफू पुनः कतार जान पाउने हो वा होइन भन्ने चिन्तामा भेटिएका छन्। 

कोरोनाको भन्दा पनि काम गुम्ने डर
कतारको दुखानस्थित कन्स्ट्रक्सन कम्पनीमा कार्यरत तेह्रथुमका सुवास राई कतार जान थालेको ३ वर्ष भयो । यसअघि २ वर्ष कतार बसेर नेपाल आएका राई पुनः सोही कम्पनीमा फर्किएको १ वर्ष भयो। सुवास यतिबेला पुनः बिदामा आउने सोचमा थिए। 

उनी भन्छन्, ‘कम्पनीसँग कुरा मिलाएर मार्च १७  मा नेपाल फर्किने सोच थियो। तर अब बिदामा फर्किएपछि फेरि कतार आउन पाइँदैन जस्तो छ बरु बिदा नै रद्द गरेँ।’

कतारस्थित आयलफिल्ड प्रोजेक्ट डेभलपमेन्ट ग्रुप कम्पनीमा जनरल सर्भिस सुपरभाइजरका रुपमा कार्यरत स्याङ्जाका दुर्गा पंगेनीलाई पनि कतारमा कोरोनाको भन्दा आफ्नै कामको चिन्ता छ। 

यो समयमा बिदा पाउने भए पनि पुनः फर्किने टुंगो नभएपछि पंगेनीले पनि बिदा रद्द गरे। ‘छोरीको एसइईको समय पनि थियो। केही समय बिदामा नेपाल फर्किन मन थियो। फेरि फर्किएपछि त्यतै अड्किने हो कि भन्ने डरले मैले बिदा लिइनँ‚’ नेपाल लाइभसँगको फेसबुक संवादमा पंगेनीले सुनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

बिदामा फर्किएर रोकिएकालाई तनाव
दुई वर्षको करार अवधिका लागि कतार गएका कञ्चनपुरका सुधीरबहादुर साउद २२ महिनापछि नेपाल फर्किए। उनको ४५ दिनको बिदा पनि सकियो । तर साउद कतार जान पाएनन्। 

संक्रमणको जोखिममाथि सतर्कता अपनाउँदै कतारले नेपालसहित अन्य १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाएसँगै उनको मंगलबार राती १० बजेको उडान रोकिएको हो।  

साउद कतारस्थित रिजेन्सी होटलमा ‘सेफ’ को रुपमा कार्यरत थिए। यही मार्च महिनाको २२ तारिखमा उनको भिसा अवधि पनि सकिँदैछ। 
‘अब कतार कहिले खुल्ने हो, भिसा अवधि सकिएपछि खुल्यो भने कम्पनीले भिसा थपिदिने हो कि होइन‚’ उनलाई ठूलो चिन्ता छ। भिसा अवधि सकिएपछि कम्पनीमा पुग्दा उनले पाउने उपदानलगायत सेवासुविधा पनि कटौती हुन्छ।  

भिसा अवधि सकिन लागेको अवस्थामा नेपाल फर्किएर रोकिएका अधिकांश श्रमिकहरुको साउदको जस्तै गुनासो छ। कतारले पुनः प्रवेश खुल्ला गरेपछि आफ्नो भिसा अवधि कसरी थपिने हो वा अब आफ्नो रोजगारी गुम्ने हो भन्ने तनावमा साउदजस्ता थुप्रै श्रमिकहरु छन्। यस्तो आपतकालीन अवस्थालाई मध्यनजर गर्दै कतारले प्रवेशमा लगाएको अस्थायी रोकका कारण उत्पन्न भएका समस्याहरुमाथि सरकारले पनि कुटनीतिक पहल गर्नुपर्ने उनीहरुले बताएका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने कतारले लगाएको अस्थायी प्रतिबन्धबाट आएका समस्यामाथि कसरी कुटनीतिक पहल गर्ने भन्ने सम्बन्धमा कुनै आधिकारिक धारणा दिएको छैन। 

‘कतारमा प्रवेश रोकले निम्तिने समस्यामाथि मन्त्रालयले तत्काल केही धारणा बनाएको छैन, यसबारे सम्बन्धित कुटनीतिक नियोगसँग पनि छलफल हुन्छ‚’ मन्त्रालयका एक अधिकारीले नेपाल लाइभसँग भने। 

कतारले नेपाली प्रवेशमा प्रतिबन्ध लगाएसँगै थुप्रै नेपालीहरुको कतार उडान स्थगित भएको छ भने करीब ४० हजार भिसा स्थगित भएको म्यानपावर व्यवसायीहरुले बताएका छन्। 

आपतकालीन अवस्थाका कारण स्थगित भएको उडान र भिसामा पुनः नेपाली श्रमिकहरु जान पाउने गरी कतारस्थित नेपाली दूतावाससँग छलफल भइरकेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए। 

कतारले प्रवेश रोक लगाएसँगै वैदेशिक रोजगार विभागले समेत अर्को सूचना जारी नगर्दासम्मका लागि श्रम स्वीकृति स्थगित गरेको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ?
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
चीनबाट ६ सैन्य कार्गो विमानमार्फत राहत सामग्री प्राप्त शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्