• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गाडी आयातको कमिसन नखुलाउन व्यवसायीको लबिङ, व्यापारिक पृष्ठभूमिका राज्यमन्त्रीको साथ

64x64
शिव बोहरा बुधबार, फागुन २८, २०७६  १८:४०
1140x725

काठमाडौं– व्यवसायीको मागअनुसार सवारी साधन उत्पादक कम्पनीले दिने कमिसनको विवरण नखुलाई सवारी आयात गर्न दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सहमत भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र उद्योग राज्यमन्त्री मोतिलाल दुगडबीच कमिसन रकम उल्लेख नगरी आयात खुला गराउन समझदारी बनेको हो। 

सवारी खरिद गरेबापत उत्पादक कम्पनीले दिने कमिसन खुलाउन इन्कार गर्दै आएका व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसँग भेटेर समस्या समाधानको पहल गरिदिन आग्रह गरेका थिए। उक्त भेटमा राज्यमन्त्री दुगड र नाडाका प्रतिनिधिबीच कमिसन नखुलाइ आयात गर्न दिने सहमति भएको स्रोतले जानकारी दिएको छ। 

नाडाको टोली र राज्यमन्त्री दुगडबीच फागुन २० गते भएको वार्तामा तत्कालीन र दीर्घकालीन समाधानको बाटो तय गर्ने सहमति भएको थियो। यसअनुसार उत्पादक कम्पनीसँग आधिकारिक आयातकर्ताले सवारी आयात गर्दा ‘कमिसन छैन’ भन्ने आशयको पत्र ल्याउनेछन्। 

उक्त पत्रमा कम्पनीको आधिकारिक इमेल आइडी हुनुपर्ने छ, जुनमार्फत् वाणिज्य विभागले चाहेमा ‘क्रस चेक’ गर्न सक्नेछ। यसमा आपूर्ति राज्यमन्त्रीले नाडाका प्रतिनिधिलाई आश्वस्त पारेका छन्। 

त्यस्तै दीर्घकालिन समस्या समाधानका लागि एजेन्सी ऐन २०१४ संशोधन गरेर आधिकारिक आयातकर्ताले सवारी आयात गरेबापत ‘कमिसन खुलाउनु पर्ने’ व्यवस्था हटाउन दुई पक्षबीच सहमति भएको छ। ‘राज्यमन्त्री ज्यूले सवारी आयातकर्ताहरूको वाणिज्य विभागमा दर्ता भएको एजेन्सी नवीकरण रोकिएको विषयमा चासो राख्नु भएको हो,’ छलफलमा सहभागी नाडाका एक प्रतिनिधिले नेपाल लाइभसँग भने, ‘तत्कालीन र दीर्घकालीन समाधानका उपायहरूमा राज्यमन्त्रीज्यूले सुनिश्चितता गर्नु भएको छ।’ 

सवारी आयातकर्ता एजेन्सीहरूले कमिसन खुलाउन इन्कार गर्दा र कतिपय अवस्थामा उत्पादक कम्पनीसँग नभई असम्बन्धित कम्पनीसँग आधिकारिक एजेन्सीको प्रमाणपत्र ल्याएकाले वाणिज्य विभागले एजेन्सी नवीकरणमा कडाइ गरेको हो। तर वाणिज्य विभागले भने यस विषयमा स्पष्ट जवाफ दिएको छैन। उता व्यवसायीहरूले पनि खुलेर यो विषय राख्न सकेका छैनन्। 

१८ प्रतिशतले घटेको सवारी बिक्रीको तथ्यांकलाई मनोगत रूपमा ५० प्रतिशतभन्दा बढी घटेको भनेर प्रचार गर्ने अटोमोबाइल व्यवसायीहरू कमिसन खुलाउनु पर्ने विषय जोडिएकाले यति गम्भीर विषय ‘गुपचुप’ मिलाउन लागि परेका छन्। यो विषयबारे कोही पनि व्यवसायी धारणा राख्न चाहँदैनन्।

कमिसन विवाद

Ncell 2
Ncell 2
nimb
nimb

सवारी उत्पादन कम्पनीहरूले सवारी आयातकर्ताहरूलाई निश्चित संख्यामा (टार्गेट मिट) बिक्री गरेपछि त्यसबापत कमिसन दिने गरेको छ। त्यसका साथै विशेष प्रयोजनमा ल्याइने दमकल, ट्रकमा आउने क्रेन तथा नेपाली खरिदकर्तामार्फत् नै प्रतितपत्र ९एलसी० खोलेर गरिने खरिदमा कम्पनीले कमिसन दिने गरेको छ। 

यी सबै प्रक्रियाबाट गरिने खरिदमा पाइने कमिसन खुलाउनु पर्ने व्यवस्था एजेन्सी ऐन २०१४ मा व्यवस्था गरिएको छ। तर वाणिज्य विभाग यो विषयमा हालसम्म मौन रहँदै आएको थियो। तर अर्थमन्त्रीमा युवराज खतिवडा आएसँगै उनले मन्त्रालयमार्फत कमिसन नखुलाएसम्म एजेन्सी नवीकरण नगर्न वाणिज्य विभागलाई भनेका थिए। 

कमिसन खुलाउन अस्वीकार गर्दा करिब ६ महिनादेखि एजेन्सीहरूको नवीकरण हुन सकेको छैन। कतिपय व्यवसायीले त्यसरी पाउने कमिसन नेपाल नल्याउने गरेको पनि व्यवसायीहरु नै अनौपचारिक कुराकानीमा बताउने गरेका छन्। मोटरसाइकल, कार, हेवी तथा ट्याक्टर सबै आयातित सवारीमा कमिसन दिने नीति उत्पादकले राखेका हुन्छन्। 

कारमा प्रतियुनिट १५ हजार भारूसम्म, मोटरसाइकलमा कम्तिमा ३ हजार भारु, ठूला सवारीमा २० हजारभन्दा बढी भारु र सबैभन्दा धेरै ट्याक्टरमा ५० हजार भारुसम्म कमिसन दिने गरेको एक व्यवसायीले बताए। प्रत्यक्ष एलसी खोलिने महंगा गाडीमा झनै धेरै कमिसन दिइने गरेको छ। त्यसैले नेपाली आयातकर्ताहरूले पछिल्लो समय जसले गाडी किन्ने हो यसैका नाममा एलसी खोल्न लगाउने गरेका छन्। 

Xtrem

Xtrem

एजेन्सी नवीकरण गराउन नाडाको सक्रियता 

एजेन्सी नवीकरण गराउने विषयमा समग्र अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वाणिज्य विभाग, अर्थ मन्त्रालयलगायत सरोकारवाला निकायसँग पटक–पटक छलफल गरिसकेको छ। तर निष्कर्षमा भने पुग्न सकेको छैन। 

आगामी वैशाखसम्ममा वाणिज्य विभागमा दर्ता भएका अधिकांश एजेन्सीको म्याद सकिँदैछ। त्यो अवधिसम्म नवीकरण नभए बैंकबाट खोलिने एलसीमा समेत समस्या आउने निश्चित छ। व्यवसायीहरू सामान्य विषयमा समेत मिडियाबाजीमा लाग्ने गरेकोमा सबै सवारी आयातकर्ताको सामूहिक विषय आउँदा समेत नाडा आफै पनि गुपचुपमै समस्या समाधान गर्न लागि गरेको छ। 

अर्थ मन्त्रालयमार्फत विषयको समाधान हुने नदेखेपछि व्यवसायीहरू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका ‘व्यवसायी’ राज्यमन्त्रीमार्फत् आफूअनुकुल विषय समावेश गरेर समाधान गर्न लागेका हुन्। 

अर्थलाई छल्ने दाउ

अर्थमन्त्री खतिवडाले व्यवसायीहरूको दोहोरो वासलात राख्ने प्रवृत्ति अन्त्य गराएपछि व्यवसायीहरू रूष्ट हुँदै आएका छन्। त्यस्तै मन्त्री खतिवडाले सवारीको वर्गिकरण गरेर अन्तःशुल्क वृद्धि गरेका थिए। त्यतिमात्र होइन उनले सवारीसाधनको आयात मत्थर पार्न सवारी कर्जामा समेत कडाइ गरेका थिए। तर बस/ट्रक, निर्माण उपकरण र विद्युतीय सवारीमा भने सवारी कर्जा सहज नै रहेको छ। 

त्यस्तै अर्थमन्त्री खतिवडाले व्यवसायीले सवारी आयात गर्दा पाउने कमिसन खुलाउनु पर्ने कानुनको पालन गर्न आफ्नो मन्त्रालयलमार्फत् आपूर्ति हुँदै वाणिज्य विभागलाई निर्देशन दिए। विभागले उक्त कानुन कार्यान्वयनका लागि विभागमा दर्ता भएका एजेन्सीको नवीकरण कमिसन खुलाइएपछि मात्र गर्ने अडान लिँदै आएको छ। सवारी आयातकर्ता व्यवसायीहरूको सबैभन्दा ठूलो टाउको दुखाइको विषय पनि यही हो। 

व्यवसायीहरूले यो विषयमा अर्थलाई जानकारी नै नगराई आपूर्ति राज्यमन्त्रीमार्फत् समस्या समाधान गराउन लागेको तथ्य भेटिएको हो। व्यवसायीले अनावश्यक कमिसन लिँदा सवारीसाधन महंगो भएको बुझाई अर्थ मन्त्रालयको छ। व्यवसायीहरूले कानुनमा खुलाउन पर्छ भनेको कुरा नखुलाउनुले अर्थको बुझाइ सही सावित हुन सक्छ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्