• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस ७, २०८२ Mon, Dec 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गाडी आयातको कमिसन नखुलाउन व्यवसायीको लबिङ, व्यापारिक पृष्ठभूमिका राज्यमन्त्रीको साथ

64x64
शिव बोहरा बुधबार, फागुन २८, २०७६  १८:४०
1140x725

काठमाडौं– व्यवसायीको मागअनुसार सवारी साधन उत्पादक कम्पनीले दिने कमिसनको विवरण नखुलाई सवारी आयात गर्न दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सहमत भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र उद्योग राज्यमन्त्री मोतिलाल दुगडबीच कमिसन रकम उल्लेख नगरी आयात खुला गराउन समझदारी बनेको हो। 

सवारी खरिद गरेबापत उत्पादक कम्पनीले दिने कमिसन खुलाउन इन्कार गर्दै आएका व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसँग भेटेर समस्या समाधानको पहल गरिदिन आग्रह गरेका थिए। उक्त भेटमा राज्यमन्त्री दुगड र नाडाका प्रतिनिधिबीच कमिसन नखुलाइ आयात गर्न दिने सहमति भएको स्रोतले जानकारी दिएको छ। 

नाडाको टोली र राज्यमन्त्री दुगडबीच फागुन २० गते भएको वार्तामा तत्कालीन र दीर्घकालीन समाधानको बाटो तय गर्ने सहमति भएको थियो। यसअनुसार उत्पादक कम्पनीसँग आधिकारिक आयातकर्ताले सवारी आयात गर्दा ‘कमिसन छैन’ भन्ने आशयको पत्र ल्याउनेछन्। 

उक्त पत्रमा कम्पनीको आधिकारिक इमेल आइडी हुनुपर्ने छ, जुनमार्फत् वाणिज्य विभागले चाहेमा ‘क्रस चेक’ गर्न सक्नेछ। यसमा आपूर्ति राज्यमन्त्रीले नाडाका प्रतिनिधिलाई आश्वस्त पारेका छन्। 

त्यस्तै दीर्घकालिन समस्या समाधानका लागि एजेन्सी ऐन २०१४ संशोधन गरेर आधिकारिक आयातकर्ताले सवारी आयात गरेबापत ‘कमिसन खुलाउनु पर्ने’ व्यवस्था हटाउन दुई पक्षबीच सहमति भएको छ। ‘राज्यमन्त्री ज्यूले सवारी आयातकर्ताहरूको वाणिज्य विभागमा दर्ता भएको एजेन्सी नवीकरण रोकिएको विषयमा चासो राख्नु भएको हो,’ छलफलमा सहभागी नाडाका एक प्रतिनिधिले नेपाल लाइभसँग भने, ‘तत्कालीन र दीर्घकालीन समाधानका उपायहरूमा राज्यमन्त्रीज्यूले सुनिश्चितता गर्नु भएको छ।’ 

सवारी आयातकर्ता एजेन्सीहरूले कमिसन खुलाउन इन्कार गर्दा र कतिपय अवस्थामा उत्पादक कम्पनीसँग नभई असम्बन्धित कम्पनीसँग आधिकारिक एजेन्सीको प्रमाणपत्र ल्याएकाले वाणिज्य विभागले एजेन्सी नवीकरणमा कडाइ गरेको हो। तर वाणिज्य विभागले भने यस विषयमा स्पष्ट जवाफ दिएको छैन। उता व्यवसायीहरूले पनि खुलेर यो विषय राख्न सकेका छैनन्। 

१८ प्रतिशतले घटेको सवारी बिक्रीको तथ्यांकलाई मनोगत रूपमा ५० प्रतिशतभन्दा बढी घटेको भनेर प्रचार गर्ने अटोमोबाइल व्यवसायीहरू कमिसन खुलाउनु पर्ने विषय जोडिएकाले यति गम्भीर विषय ‘गुपचुप’ मिलाउन लागि परेका छन्। यो विषयबारे कोही पनि व्यवसायी धारणा राख्न चाहँदैनन्।

कमिसन विवाद

Ncell 2
Ncell 2

सवारी उत्पादन कम्पनीहरूले सवारी आयातकर्ताहरूलाई निश्चित संख्यामा (टार्गेट मिट) बिक्री गरेपछि त्यसबापत कमिसन दिने गरेको छ। त्यसका साथै विशेष प्रयोजनमा ल्याइने दमकल, ट्रकमा आउने क्रेन तथा नेपाली खरिदकर्तामार्फत् नै प्रतितपत्र ९एलसी० खोलेर गरिने खरिदमा कम्पनीले कमिसन दिने गरेको छ। 

यी सबै प्रक्रियाबाट गरिने खरिदमा पाइने कमिसन खुलाउनु पर्ने व्यवस्था एजेन्सी ऐन २०१४ मा व्यवस्था गरिएको छ। तर वाणिज्य विभाग यो विषयमा हालसम्म मौन रहँदै आएको थियो। तर अर्थमन्त्रीमा युवराज खतिवडा आएसँगै उनले मन्त्रालयमार्फत कमिसन नखुलाएसम्म एजेन्सी नवीकरण नगर्न वाणिज्य विभागलाई भनेका थिए। 

कमिसन खुलाउन अस्वीकार गर्दा करिब ६ महिनादेखि एजेन्सीहरूको नवीकरण हुन सकेको छैन। कतिपय व्यवसायीले त्यसरी पाउने कमिसन नेपाल नल्याउने गरेको पनि व्यवसायीहरु नै अनौपचारिक कुराकानीमा बताउने गरेका छन्। मोटरसाइकल, कार, हेवी तथा ट्याक्टर सबै आयातित सवारीमा कमिसन दिने नीति उत्पादकले राखेका हुन्छन्। 

कारमा प्रतियुनिट १५ हजार भारूसम्म, मोटरसाइकलमा कम्तिमा ३ हजार भारु, ठूला सवारीमा २० हजारभन्दा बढी भारु र सबैभन्दा धेरै ट्याक्टरमा ५० हजार भारुसम्म कमिसन दिने गरेको एक व्यवसायीले बताए। प्रत्यक्ष एलसी खोलिने महंगा गाडीमा झनै धेरै कमिसन दिइने गरेको छ। त्यसैले नेपाली आयातकर्ताहरूले पछिल्लो समय जसले गाडी किन्ने हो यसैका नाममा एलसी खोल्न लगाउने गरेका छन्। 

एजेन्सी नवीकरण गराउन नाडाको सक्रियता 

एजेन्सी नवीकरण गराउने विषयमा समग्र अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले वाणिज्य विभाग, अर्थ मन्त्रालयलगायत सरोकारवाला निकायसँग पटक–पटक छलफल गरिसकेको छ। तर निष्कर्षमा भने पुग्न सकेको छैन। 

आगामी वैशाखसम्ममा वाणिज्य विभागमा दर्ता भएका अधिकांश एजेन्सीको म्याद सकिँदैछ। त्यो अवधिसम्म नवीकरण नभए बैंकबाट खोलिने एलसीमा समेत समस्या आउने निश्चित छ। व्यवसायीहरू सामान्य विषयमा समेत मिडियाबाजीमा लाग्ने गरेकोमा सबै सवारी आयातकर्ताको सामूहिक विषय आउँदा समेत नाडा आफै पनि गुपचुपमै समस्या समाधान गर्न लागि गरेको छ। 

अर्थ मन्त्रालयमार्फत विषयको समाधान हुने नदेखेपछि व्यवसायीहरू उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका ‘व्यवसायी’ राज्यमन्त्रीमार्फत् आफूअनुकुल विषय समावेश गरेर समाधान गर्न लागेका हुन्। 

अर्थलाई छल्ने दाउ

अर्थमन्त्री खतिवडाले व्यवसायीहरूको दोहोरो वासलात राख्ने प्रवृत्ति अन्त्य गराएपछि व्यवसायीहरू रूष्ट हुँदै आएका छन्। त्यस्तै मन्त्री खतिवडाले सवारीको वर्गिकरण गरेर अन्तःशुल्क वृद्धि गरेका थिए। त्यतिमात्र होइन उनले सवारीसाधनको आयात मत्थर पार्न सवारी कर्जामा समेत कडाइ गरेका थिए। तर बस/ट्रक, निर्माण उपकरण र विद्युतीय सवारीमा भने सवारी कर्जा सहज नै रहेको छ। 

त्यस्तै अर्थमन्त्री खतिवडाले व्यवसायीले सवारी आयात गर्दा पाउने कमिसन खुलाउनु पर्ने कानुनको पालन गर्न आफ्नो मन्त्रालयलमार्फत् आपूर्ति हुँदै वाणिज्य विभागलाई निर्देशन दिए। विभागले उक्त कानुन कार्यान्वयनका लागि विभागमा दर्ता भएका एजेन्सीको नवीकरण कमिसन खुलाइएपछि मात्र गर्ने अडान लिँदै आएको छ। सवारी आयातकर्ता व्यवसायीहरूको सबैभन्दा ठूलो टाउको दुखाइको विषय पनि यही हो। 

व्यवसायीहरूले यो विषयमा अर्थलाई जानकारी नै नगराई आपूर्ति राज्यमन्त्रीमार्फत् समस्या समाधान गराउन लागेको तथ्य भेटिएको हो। व्यवसायीले अनावश्यक कमिसन लिँदा सवारीसाधन महंगो भएको बुझाई अर्थ मन्त्रालयको छ। व्यवसायीहरूले कानुनमा खुलाउन पर्छ भनेको कुरा नखुलाउनुले अर्थको बुझाइ सही सावित हुन सक्छ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
सुनको मूल्यमा नयाँ रेकर्ड नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासं... सोमबार, पुस ७, २०८२
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ५८ हजार ३ सयमा कारोबार भइरहेको... आइतबार, पुस ६, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३... शनिबार, पुस ५, २०८२
ताजा समाचारसबै
मिराज ढुङ्गानाले आन्दोलन गर्न प्रशासनबाट पाएनन् अनुमति सोमबार, पुस ७, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड सोमबार, पुस ७, २०८२
निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दल र सुरक्षा निकायसँग छलफल गर्दै सोमबार, पुस ७, २०८२
ज्ञानेन्द्र शाही प्रतिनिधिसभा चुनावका लागि ललितपुर-१ बाट सिफारिस सोमबार, पुस ७, २०८२
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ अनभिज्ञ ! आइतबार, पुस ६, २०८२
प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि आइतबार, पुस ६, २०८२
रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समितिको बैठक सुरु आइतबार, पुस ६, २०८२
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्