• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाल लाइभमा सोमबार : प्रधानमन्त्रीको स्वास्थ्यबारे झारा टार्ने अस्पतालको विज्ञप्तिदेखि सेमिफाइनलमा थ्रीस्टारसम्म

64x64
नेपाल लाइभ सोमबार, फागुन २६, २०७६  २२:०१
1140x725

मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको छ। 

त्रिवि शिक्षण अस्पतालले छैटौं दिनको पछिल्लो विवरण उपलब्ध गराउँदै प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भएको उल्लेख गरेको छ। त्यस्तै हिँडडुल र व्यायमलाई पनि निरन्तरता दिइएको बताइएको छ । उनलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ पनि राम्रो भएको उल्लेख छ।

ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो।

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको ब्लड प्रेसर‚ सुगरको मात्रा‚ पिशाबको रिपोर्टलगायतका विवरण महत्त्वपूर्ण हुन्छ। शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीबारे सार्वजनिक गर्ने स्वास्थ्य बुलेटिनमा यी कुनै विवरण सार्वजनिक गरिएको छैन। विज्ञप्तिमा सँधै स्वास्थ्य सुधारोन्मुख रहेको अमूर्त शब्द राखेर टार्ने काम भइरहेको देखिन्छ।

विश्वासको संकटले एकपछि अर्को पार्टीमा सामूहिक नेतृत्व
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीले सामूहिक नेतृत्वको अभ्यास गर्दै आएका छन्। पछिल्लो सयम राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि यही अभ्यास गरिने भएको छ। तर सामूहिक अध्यक्षात्मक प्रणालीको अभ्यासमा पुगेको विवेकशील साझा पार्टीले भने फुटको नै सामना गर्नुपरेको थियो। 

नेताहरूबीच विश्वासको संकट परेकाले सामूहिक नेतृत्व अभ्यासमा आएको राजनीतिक विश्लेषकले बताउँदै आएका छन्। तर आफूहरूमा  विश्वासको संकट देखा नपर्ने सामूहिक नेतृत्व नै अभ्यास गर्न लागेको राप्रपाका अध्यक्ष कमल थापाले दाबी गरेका छन्। अन्य पार्टीमा भएका कमीकमजोरीबाट पाठ सिक्दै स्पष्ट कार्यविधि बनाएर सामूहिक नेतृत्वको अभ्यास राप्रपाले गर्ने अध्यक्ष थापाको दाबी छ। 

‘हामीले अर्को महाधिवेसन नगर्दासम्म तीन जना अध्यक्षले पालैपालो चक्रीय प्रणालीबाट अध्यक्ष चलाउने छौं,' थापाले भने, ‘तीन जना अध्यक्षको पार्टीमा बराबर अधिकार र हैसियत हुने गरी कार्यविधि बनाएर पालना गर्छौं।’

राप्रपामा तीन जनाको सामूहिक नेतृत्व भन्ने गरिए पनि अन्य पार्टीको जस्तो खटपट र अविश्वास नहुने थापाले दाबी गरे। तर, राजनीतिक विश्लेषक कृष्ण खनालले पार्टीहरूले अभ्यास गर्दै आएको सामूहिक नेतृत्वलाई पार्टीको नेतृत्व नै भन्न नमिल्ने टिप्पणी गरेका छन्। ‘पार्टीहरूमा यति धेरै भद्रगोल भइसक्यो कि भनीसाध्य छैन। मान्छेलाई एक-एक गरी टपक्क टिपेर ल्याउँदैमा नेतृत्व हुँदैन,’ खनालले स्पष्ट पार्दै भने, ‘पार्टीले गर्ने यस्तो अभ्यासलाई नेतृत्व वा सामूहिक नेतृत्व दुवै भन्न मिल्दैन। टुक्राटाक्रीको बटुलबाटुल मात्रै हो।’

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

विश्वासको संकटले एकपछि अर्को पार्टीमा सामूहिक नेतृत्व


प्रधानन्यायाधीशलाई वडाध्यक्षको प्रश्न : करोड खाएर पोखरीको जग्गा व्यक्तिको नाममा गर्न मिल्छ?
जलेश्वर नगरपालिकाका वडा नम्वर १० का वडाध्यक्ष विकाउदास कथौबनिया विगत ३ वर्षदेखि यौटै मुद्दा बोकेर सर्वोच्च धाइरहेका छन्।  राप्रपाबाट वडाअध्यक्ष निर्वाचित उनी जनप्रतिनिधि हुनुभन्दा अगाडिदेखि नै मुद्दासँग जोडिएको फाइल च्यापेर सर्वोच्च धाइरहेका थिए।

पछिल्लो समय ०७४ असोज २ मा भएको निर्वाचनमा उनी १० नम्बर वडाको अध्यक्ष चुनिए। त्यसपछि पनि मुद्दाको फाइल च्यापेर सर्वोच्च अदालत धाउने क्रम रोकिएको छैन।

तर उनी व्यक्तिगत मुद्दामामिलामा सर्वोच्च धाइरहेका होइन रहेछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

के को फाइल हो? 

नेपाल लाइभकर्मीको जिज्ञासामा खुल्यो उनको फाइलमा रहेको कागजपत्र आफ्नै वडामा रहेको २ बिघामा फैलिएको सार्वजनिक पोखरीको किचलोको। सर्वोच्चको फैसलालाले पोखरीको जग्गा व्यक्तिको नाममा पुगेपछि उनी सार्वजनिक सम्पत्ति फर्काउन सर्वोच्चमै धाइरहेका थिए। मुद्दा जोडिएको थियो सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायधीशसँग।

यो पनि पढ्नुहोस्

सर्वोच्च आएका वडाध्यक्षको प्रश्न- प्रधानन्यायाधीशले सार्वजनिक पोखरी व्यक्तिको भन्न मिल्छ?

विश्व बजारमा तेलको मूल्यमा भारी गिरावट, सातापछि असर नेपालमा
 विश्व बजारमा कच्चा तेलको मूल्य उच्च दरमा घट्न थालेको छ। साउदी अरेबिया र रसियाबीचको पेट्रोलियम पदार्थको मूल्यमा भएको युद्धले कच्चा तेलको मूल्य उच्च दरमा घट्न थालेको हो। 

कोरोना भाइरसको बढ्दो संक्रमण र पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटसँगै संसारका अधिकांश देशका पुँजी बजार सूचकांक पनि ओरालो लागेको छ। साउदी अरेबियाको तेल उत्पादन कटौतीको प्रस्ताव रसियाले अस्वीकार गरेपछि बढेको 'इगो'को परिमाणस्वरुप मूल्य घट्न थालेको हो।

तेल उत्पादक प्रमुख देशहरु साउदी अरेबिया र रसियाको युद्धले विश्व बजार नै प्रभावित बनेको हो। अयल प्राइस डटकमले विश्व बजारमा कच्चा तेलको मूल्य २५ प्रतिशतले घटेको जनाएको छ।

सोमबार बजारमा कच्चा तेलको मूल्य ४५ अमेरिकी डलरबाट कारोबार सुरु भएकोमा ३६ अमेरिकी डलरसम्म झरिसकेको छ। अमेरिकी बजारमा ३४ प्रतिशतले तेलको मूल्य घटेको छ। अमेरिकी बजारमा २७.३४ अमेरिकी डलर प्रतिब्यारेलमा झरेको तेलको मूल्य ४ वर्षयताकै न्यून हो। 

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट‚ नेपालमा १ हप्तापछिमात्रै देखिनेछ असर 

महासंघको निर्वाचन सार्न ढकाल समूह किन सक्रिय?
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभाको चुनावी माहोल पेचिलो हुँदै गइरहेका बेला महाधिवेशन नै सार्ने खेल सुरु भएको छ। नयाँ नेतृत्व र पदाधिकारी चयन गर्ने सो महाधिवेशन कोरोना भाइरस संक्रमणको त्रास देखाउँदै सार्ने प्रपञ्च गर्न लागिएको हो। तर, कतिपय व्यवसायीहरुले भने महाधिवेशन पर सार्ने खेलको अन्तर्य अर्कै भएको टिप्पणी गर्न थालेका छन्।

‘कोरोना भाइरस त बहाना मात्र हो। यसको चुरो कुरो चाहिँ आफ्नो चुनावी जोडबल कमजोर हुँदै गएपछि चन्द्रप्रसाद ढकाल समूहले महाधिवेशन नै पर धकल्ने कुरा गर्न थालेको छ’, महासंघका एक पूर्वअध्यक्षले भने, ‘महाधिवेशन अलिक व्यवस्थित ढंगमा गर्न सकिन्छ।’ चैत २८ र २९ गतेका लागि तोकिएको महासंघको ५४ औं साधरणसभामा हुने नयाँ नेतृत्वको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा आइएमआइ समूहका चन्द्रप्रसाद ढकाल र अर्का व्यवसायी किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सोही घोषणा अनुरुप उनीहरु आफ्नो चुनावी प्रचार–प्रसार र समिकरणमा लागिरहेका छन्।

महासंघको ५४औं साधरणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्ष पद स्वभाविक रुपमा आकर्षणको केन्द्र बनेको छ।  ५४औं साधरण सभाबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को ३ वर्षपछि स्वतः अध्यक्ष हुने महासंघको मौजुदा विधान छ।

यो पनि पढ्नुहोस्

महासंघको निर्वाचन सार्न ढकाल समूह किन सक्रिय?

भारतीय एस बैंकको घटनाबाट नेपालले के सिक्ने?
आक्रामकरूपमा व्यवसाय विस्तारको परिणाम सधैं राम्रो नहुने उदाहरण भारतको एस बैंक बनेको छ। बजार विस्तार गर्दै बजार हिस्सा वृद्धिको दौडमा एस बैंक पछारिएको छ।

बैंक तथा वित्तीय संस्था सञ्चालनको संवेदनशीलता नबुझी नाफा बढाउने र शेयर बजारमा मूल्य बढाउने नाममा हुने होडबाजीले दुर्घटना निम्त्याउने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्।

यदि नेपाली बैंकहरूले पनि भारतको एस बैंककै जस्तै व्यवसाय बढाउने नाममा जथाभावी लगानी गरे र सुशासन कायम गर्न सकेनन् भने ठूलो दुर्घटनामा पर्ने उनको टिप्पणी छ।

यो पनि पढ्नुहोस्

एस बैंकको घटनाबाट नेपालले के सिक्ने?

सेमिफाइनलमा थ्रीस्टार
थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा सिक्किमको गान्तोक सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा पुगेको हो। थ्रीस्टारका लागि सुशन श्रेष्ठले दुई र संजोक राईले एक गोल गरे।

खेलको ७९ औं मिनेटमा संजोकले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए। खेलको अन्तिम समयसम्म एक गोलले पछि परेको गान्तोकले अतिरिक्त समयमा दुई गोल खान पुग्यो। अतिरिक्त समयमा दुबै गोल सुशनले गरे।

प्रतियोगिताको विजेता टिमले ट्रफिसहित १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार नगद पाउने छन्।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  २२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्