आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीसँगै साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सानदार सुरुआत गरेको छ।
सोमबार सम्पन्न खेलमा लुम्बिनीले साबिक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
जितसँगै लुम्बिनीले २ अंक जोडेको छ।
लुम्बिनीको जितम सर्टले सर्वाधिक ४० रन बनाए। १८ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे। आशिफले भने ३२ रन बनाए। उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गरे। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए। २ ओभर बलिङ गरेका उनले ९ रन खर्चिए। कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले १६ बलमा २ चौका प्रहार गरे।
सैफ जैब १३ रनमा आउट हुँदा सुदूरका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए।
शेर मल्लले ३ विकेट लिँदा शाड्ली भान शाल्कविक, रोहितकुमार पौडेलले र तिलक भण्डारीले समान १ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।