• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट‚ नेपालमा १ हप्तापछिमात्रै देखिनेछ असर 
64x64
नेपाल लाइभ सोमबार, फागुन २६, २०७६  १७:५२
1140x725

काठमाडौं- कोरोना कहर र कच्चा तेलको बिक्री मूल्यमा रुस र साउदी अरबबीच देखिएको ‘प्राइस वार’का कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको छ।

अप्रशोधित कच्चा तेलको मूल्य घटेसँगै पेट्रोलियम पदार्थको मुल्य घट्न थालेपछि उपभोक्तालाई राहत मिलेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य असर तत्काल देखिएपनि नेपालमा भने १ हप्तापछि मात्रै देखिनेछ। नेपालले इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मानी स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मुल्य निर्धारण गर्दै आएको छ। 

फागुन १९ गतेमात्र नेपाल आयल निगमले पछिल्लो पटक आइओसीबाट मार्च १ मा पठाइएको नयाँ मुल्य प्राप्त भए बमोजिम हाललाई पेट्रोलियम पदार्थ र ग्याँसको मूल्य यथावत राखेको थियो।

त्यस्तै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार गत फेब्रुअरी १६ मा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ रहेकोमा २ रुपैयाँ घटाएर १ सय ८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ रहेकोमा २ रुपैयाँ घटाएर ९७ रुपैयाँ पुर्‍याएको थियो। नेपालमा हाल यही मूल्य कायम भइरहेको छ।

हरेक १५ दिनमा हेरफेर हुने मूल्य प्रणाली पछिल्लो पटक फागुन १९ (मार्च १) मा भएकोमा अब नयाँ मूल्य तोक्नका लागि चैत ३ (मार्च १६) सम्म कुर्नुपर्नेछ। 

Ncell 2
Ncell 2

कच्चा तेलको मूल्य घटेसँगै भारतीय बजारमा भने त्यसको असर देखिइसकेको छ। भारतको राजधानी दिल्लीमा सोमबार पेट्रोल प्रतिलिटर ७१ भारतीय रुपैयाँमा बिक्री भएको छ। जुन गत सेप्टेम्बरयताकै सबैभन्दा न्यून हो।

आइओसीले सोमबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार सोमबार दिल्ली, कोलकत्ता, मुम्बई र चेन्नईमा पेट्रोलको मुल्य घटेर क्रमशः प्रतिलिटर भारु ७० रुपैयाँ ८३ पैसा, ७३ रुपैयाँ ५१ पैसा, ७६ रुपैयाँ ५३ पैसा, र ७३ रुपैयाँ ५८ पैसा पुगेको छ। त्यस्तै यी चार सहरमा डिजेलको भाउ प्रतिलिटर क्रमशः भारु  ६३ रुपैयाँ ५१ पैसा, ६५ रुपैयाँ ८४ पैसा, ६६ रुपैयाँ ५० पैसा र ६७ रुपैयाँ १ पैसा पुगेको छ। 

कच्चा तेलको बिक्री मुल्यमा साउदी अरब र रुसको प्राइस वारका कारण पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आएको हो। कच्चा तेलको मूल्य सोमबारमात्र ३१ प्रतिशतले घटेको छ। जुन अंकमा पछिल्ला दिनहरुको तुलनामा उच्च भएपनि यसलाई घट्दो मूल्यको निरन्तरताका रुपमा हेरिएको छ।

भारतीय संचार माध्यमहरुले अहिले पेट्रोलको मुल्य प्रतिलिटर ५० भारतीय रुपैयाँसम्म पुग्नसक्ने भन्दै समाचार सम्प्रेषण गरिरहेका छन्। इन्धनको मूल्य घटेसँगै आम उपभोक्तालाई प्रत्यक्ष फाइदा त पुग्ने छ नै ढुवानी खर्च कम, आयोजना लागत घट्नेजस्ता प्रभाव पनि देखिनेछन्।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुनः डा. विष्णु सापकोटा निर्वाचित
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
सम्बन्धित सामग्री
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी र... आइतबार, असार १, २०८२
सुनको मूल्य तोलामा दुई लाख नजिक, आज कतिमा हुँदैछ कारोवार ? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको छ । बिहीबार सुन तोलामा एक लाख ९२ हजार ९ सयमा कार... शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र... शुक्रबार, जेठ ३०, २०८२
ताजा समाचारसबै
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुनः डा. विष्णु सापकोटा निर्वाचित आइतबार, असार १, २०८२
सात वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै आइतबार, असार १, २०८२
दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनकाे उपचार जारी आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
रुसले फिर्ता गर्यो १२ सय १२ युक्रेनी सैनिकको शव शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्