नयाँदिल्ली- दक्षिणी भारतीय राज्य तेलङ्गानामा भएको ट्रयाक्टर दुर्घटनामा ९ व्यक्तिको मृत्यु भएको छ। मृत्यु भएकामा सबै जना महिला रहेका छन्।
तेलङ्गनाको प्रन्तीय राजधानी हैदराबादबाट २२८ किलोमिटर दक्षिणपूर्वमा रहेको आलिमिनेती मधाभा रेडी प्रोजेक्ट क्यानलनजिकै नहरमा सो ट्र्याक्टर खसेको थियो। दुर्घटनापछि उनीहरुको शव नहरबाट निकालिएको छ भने घाइतेहरुको उपचार भइरहेको छ।
स्थानीय समयाअनुसार शुक्रबार बिहान एक कारखानाका ३० जना कामदार बोकेको सो ट्र्याक्टर दुर्घटना भएको थियो।
विश्वको तुलनामा भारतमा सडक दुर्घटना बढी नै हुने गरेको पाइन्छ। क्षमताभन्दा बढी यात्रु, खराब बाटो र लापरबाही रुपमा सवारीसाधन चलाउनाले बढी मात्रामा दुर्घटना हुने गरेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।