• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाल लाइभमा बुधबार : प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलदेखि मास्क लुकाउनेलाई २ लाख जरिवाना

64x64
नेपाल लाइभ बुधबार, फागुन २१, २०७६  २१:५९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको छ। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी हुन्।

ट्रान्सप्लान्ट सर्जन प्रेम ज्ञवालीका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ। प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीको पिसाब पनि खुलेको छ। प्रधानमन्त्री ओलीमा प्रत्यारोपणको काम सकिएको छ,’ उनले भने, ‘प्रत्यारोपण गरेको १५ मिनेटपछि ५ सय एमएल पिसाब पास भएको छ।' 

मिर्गौला प्रत्यारोपणपछि पिसाब खुल्नु भनेको मिर्गौलाले काम गरेको रुपमा बुझ्नुपर्ने उपचारमा संलग्न चिकित्सक ज्ञवालीले बताए। प्रधानमन्त्री र उनलाई मिर्गौला दान गरेकी समीक्षाको पनि स्वास्थ्य अवस्था सुधार भइरहेको चिकित्सकहरूले जानकारी दिएका छन्।  थप समाचार : प्रधानमन्त्री ओलीलाई पोष्ट अपको आइसियूमा सारियो

फोरजीमा बदमासी
फोरजी विस्तार सम्झौतामा नेपाल टेलिकमको टावरमा अमेरिकी एन्टेना राख्नुपर्ने सर्तविपरीत ठेकेदार कम्पनीले गुणस्तरहीन चिनियाँ  उपकरण जडान गरेको खुलेको छ।

ठेक्का पाएको कम्पनीले टेलिकमका अधिकारीहरूकै स्वीकृतिमा महंगो र गुणस्तरीय अमेरिकी एन्टेनाको साटो गुणस्तरहीन चिनिया एन्टेना प्रयोग गरेको हो। अमेरिकी उत्पादनको साटो चिनिया उत्पादन प्रयोग गरे पनि ठेक्का कबुल गर्दाको मूल्य भने जस्ताको त्यस्तै छ।

एक वर्षभित्र ७७ जिल्लामा फोरजी सेवा बिस्तार गर्ने लक्ष्यसहित टेलिकमले हङकङस्थित सिसिएसआई कम्पनी र कोर नेटवर्कको काम चिनियाँ कम्पनी जेडटिईलाई १९ अर्बको ठेक्का दिएको थियो।

टेलिकमले अहिले ७७ वटै जिल्लामा फोरजीको ‘सफ्ट लन्च’ गरिसकेको छ। झन्डै १९ अर्ब रुपैयाँ खर्चँदै फोरजी बिस्तार गरिरहेको टेलिकमले पूर्वाधारमा मात्रै करिब ८ अर्ब रुपैयाँ र बाँकी कामका लागि करिब ११ अर्ब रुपैयाँ खर्च गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, फोरजीका लागि आवश्यक टावरमा प्रयोग गर्ने एन्टेना भने सम्झौता उल्लेख भएको भन्दा बाहिर गएर चिनियाँ प्रयोग भएको छ। ठेक्का सम्झौतामा अमेरिकी एन्टेना नै उल्लेख छ। टेलिकमले ठेकेदारलाई अमेरिकी एन्टेनाकै रकम भुक्तानी गरेको छ। तर उपकरण भने चिनियाँ जडान भइरहेको छ। विस्तृत समाचार : खरिद सम्झौतामा अमेरिकी एन्टेना, जडानमा चिनियाँ

राष्ट्रियसभाका नयाँ १८ सदस्यले शपथ लिए
सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य छन्। शपथ लिनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल रहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नवनिर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिए। समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापनसमेत गरे। थप समाचार : राष्ट्रियसभाका नयाँ १८ सदस्यले शपथ लिए

प्रहरीमा डिआइजी दरबन्दी घटाउने तयारी
नेपाल प्रहरीमा रिक्त रहेको २२ नायव महानिरीक्षक (डिआइजी) को दरबन्दीमा पुनरावलोकन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा समिति गठन भएको छ। प्रहरीमा डिआइजीको २२ पद रिक्त छ। रिक्त पदमा बढुवाअघि दरबन्दीको पुनरावलोकन गर्न गृह मन्त्रालयले समिति गठन गरेको हो। 

प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मात्रै दरबन्दी थपघट गर्नुपर्ने कानुनी प्रावधान छ। ओएनएमले घटनाउनुपर्ने या बढाउनुपर्ने कारणसहित संख्या निर्धारण गर्छ। समितिले डिआइजीको संख्या कटौतीबारे मंगलबार गृह मन्त्रालयमा छलफल गरेको थियो।

स्रोतका अनुसार छलफलमा आइजीपी ठाकुरप्रसाद ज्ञवालीले तत्कालै डिआइजीको संख्या कटौती गर्दा संगठनमा असर पर्ने भन्दै संख्या नघटाउन सुझाव दिएका थिए। तर गृह अहिले रहेका २६ मा १० दरबन्दी कटौती गरेर १६ मा झार्ने तयारीमा छ। विस्तृत समाचार : प्रहरीमा डिआइजी पद घटाउने तयारी, २६ लाई १६ बनाउन गृहकार्य

मास्क लुकाउनलेलाई २ लाखसम्म जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन मेडिकल क्षेत्रमा केन्द्रित बनाएको छ। पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल मास्क, सेनिटाइजरलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो। 

विभागले मंगलबारमात्र क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले मास्क लुकाएको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ। 

बजारमा सर्जिकल मास्कको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्ट स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल मास्कको कृत्रिम अभाव सिर्जना गरेर मूल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ। विस्तृत समाचार : मास्क लुकाउने र बढी मुल्यमा बेच्ने व्यवसायीलाई २ लाख जरिवाना

अर्थमन्त्रीमा डा खतिवडाको दोस्रो 'इनिङ'
डा युवराज खतिवडा दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका छन्। मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्न दोस्रोपटक सिंहदरबार प्रवेश गर्दै खतिवडाले यसपटक अर्थपूर्ण सन्देश पनि दिएका छन्।

बुधबार अर्थ मन्त्रालयमा खतिवडाले आफू मुलुकको गरिबी अन्त्य गर्दै विकास समृद्धिको लडाइँमा लागेको सिपाही भएको भन्दै त्यो यात्रा पूरा नभएसम्म लडिरहने बताएका छन्। 'यो मुलुकको गरिबी, अभाव, अशिक्षा र अन्यायको विरुद्धमा लडिरहेको विकासे योद्धा ती समस्या हल नहुँदासम्म लडिरहन्छ,' मन्त्री खतिवडाले भने, 'मेरो समय त्यही बेलासम्म हो जुन बेला कमाण्डरले लडाइँ सकियो अब फर्क भनेर भन्दैन।' विस्तृत समाचार : सिंहदरबारमा युवराज खतिवडाको दोस्रो इनिङ, 'कमाण्डरले ब्याक नभनेसम्म सिपाही लडिरहन्छ'

कोरोना प्रभावित देशलाई विश्व बैंकले साढे १२ अर्ब डलर छुट्याउने
कोरोना भाइरसको संक्रणबाट प्रभावित देशको साहायताका लागि विश्व बैंकले करिब १४ खर्ब रुपैयाँ भन्दा बढी (१२ बिलियन डलर) बराबरको आकस्मिक सहायता छुट्याउने भएको छ। आपत्कालीन राहत प्याकेजमा न्यून ब्याजदरको ऋण, अनुदान र प्राविधिक सहयोग रहेको छ। 

बिबिसीसँग कुरा गर्दै विश्व बैंकका अध्यक्ष डेभिड मल्पासले राहत प्याकेजको उद्देश्य संक्रमित देशको सार्वजनिक स्वास्थ्य सुधार गर्ने र आर्थिक प्रभावलाई कम गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने रहेको बताए। 

अति गरिब र संक्रमणको उच्च जोखिममा रहेका देशको प्राथमिकीरण गरेर राहत वितरण गर्ने उनले जानकारी दिए।

नेप्सेमा फेरि पहिरो
शेयर बजार सूचक बुधबार पनि ठूलो अंकले घटेको छ। मंगलबारजस्तै बुधबार शेयर बजार सूचक उच्च अंकले घट्दै १४४१.२० बिन्दूमा आइपुगेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार बजार ४.५४ प्रतिशत अर्थात् ६८.४७ अंकले घटेको थियो। बजारमा कारोबार भएका सबै उपसूचक रातो भएका छन्। 

बुधबार शेयर बजारमा २ अर्ब ९० करोड रुपायँको कारोबार भएको छ। १७४ कम्पनीको ६७ लाख ७१ हजार कित्ता शेयर किनबेच भएको हो।
विस्तृत समाचार : शेयर बजारमा फेरि उच्च अंकको गिरावट

कांग्रेसले १० हजार प्रशिक्षक तयार गर्ने
नेपाली कांग्रेसले स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्न दश हजार प्रशिक्षक तयार गर्ने भएको छ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले देशभरका स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्न प्रशिक्षक तयार गर्ने भएको हो। उपसभापति विमलेन्द्र निधिसहित केन्द्रीय प्रतिष्ठानका पदाधिकारी, सदस्यहरु तथा जिल्ला प्रशिक्षण शाखाका प्रमुखको बैठकले उक्त निर्णय गरेको हो।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा ५ लाख क्रियाशील सदस्यहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्ययोजना प्रस्तुत गरिएको थियो। बैठकले ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वडाहरुमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ। थप समाचार : प्रशिक्षणका लागि कांग्रेसले १० हजार प्रशिक्षक तयार गर्ने

कोरोनाको त्रासमा खेल उत्सव
काठमाडौं- कोरोना भाइरसको डर बढ्दै जाँदा त्यसको असर विश्व खेलकुदमा पनि देखिएको छ। ठूला खेल उत्सवहरु बन्द रंगशालामा गर्नेदेखि खेल नै स्थगितसमेत भइरहेका छन्। तर कोरोनाको उच्च जोखिममा रहेको भनिएको नेपालमा भने खेल उत्सवहरु नियमित नै छन्। 

सहिद स्मारक ‘बी’ डिभिजन लिगदेखि मोफसलका फुटबल प्रतियोगितासँगै अन्य खेल गतिविधि पनि चलिरहेका छन्। विश्वका स्टार खेलाडीहरु भेला गरेर चैत १ गतेदेखि एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट आयोजना गर्ने तयारी पनि भइरहेको छ। ठूलो तयारी भइसकेकाले नै आयोजक भनिरहेका छन्- ‘यहाँ डर छैन, प्रतियोगितालाई असर गर्दैन।’ थप समाचार : कोरोनाको डरमा खेल उत्सव : तयारी पूरा तर अन्योल

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी !
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध
केनले जिते बालोन डी’ओर
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
केनले जिते बालोन डी’ओर मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर मंगलबार, कात्तिक १०, २०८३
विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह एनपीएल उद्घाटनमा सहभागी हुने सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्