काठमाडौं- शेयर बजार सूचक बुधबार पनि ठूलो अंकले घटेको छ। मंगलबारजस्तै बुधबार शेयर बजार सूचक उच्च अंकले घट्दै १४४१.२० बिन्दूमा आइपुगेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार बजार ४.५४ प्रतिशत अर्थात् ६८.४७ अंकले घटेको थियो। बजारमा कारोबार भएका सबै उपसूचक रातो भएका छन्।
बुधबार शेयर बजारमा २ अर्ब ९० करोड रुपायँको कारोबार भएको छ। १७४ कम्पनीको ६७ लाख ७१ हजार कित्ता शेयर किनबेच भएको हो।
सूचकहरुमध्ये लघुवित्तको सबैभन्दा धेरै ६.१६ प्रतिशतले, निर्जीवन बीमा कम्पनीको सूचक ६.१ प्रतिशतले, जीवन बीमा कम्पनीको सूचक ५.२१ प्रतिशतले, वाणिज्य बैंक समूहको सूचक ४.५४ प्रतिशतले र होटल समूहको सूचक ४.२८ प्रतिशतले घटेको छ।
बुधबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर किनबेच भएको छ। यो कम्पनीको मात्रै २६ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको हो। यसैगरी एनएमबी बैंकको शेयर १३ करोड ८९ लाख रुपैयाँको, हिमालयन डिस्टिलरीको १३ करोड २२ लाख रुपैयाँको, एनआइसी एसियाको १३ करोड १ लाख बराबरको र गुराँस लाइफ इन्स्योरेन्सको १० करोड रुपैयाँको शेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।