• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा डिआइजी पद घटाउने तयारी, २६ लाई १६ बनाउन गृहकार्य

64x64
नारायण अधिकारी बुधबार, फागुन २१, २०७६  २१:०५
1140x725

काठमाडौं- नेपाल प्रहरीमा रिक्त रहेको २२ नायव महानिरीक्षक (डिआइजी) को दरबन्दीमा पुनरावलोकन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा समिति गठन भएको छ। प्रहरीमा डिआइजीको २२ पद रिक्त छ। रिक्त पदमा बढुवाअघि दरबन्दीको पुनरावलोकन गर्न गृह मन्त्रालयले समिति गठन गरेको हो। 

प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मात्रै दरबन्दी थपघट गर्नुपर्ने कानुनी प्रावधान छ। ओएनएमले घटनाउनुपर्ने या बढाउनुपर्ने कारणसहित संख्या निर्धारण गर्छ। समितिले डिआइजीको संख्या कटौतीबारे मंगलबार गृह मन्त्रालयमा छलफल गरेको थियो।
स्रोतका अनुसार छलफलमा आइजीपी ठाकुरप्रसाद ज्ञवालीले तत्कालै डिआइजीको संख्या कटौती गर्दा संगठनमा असर पर्ने भन्दै संख्या नघटाउन सुझाव दिएका थिए। तर गृह अहिले रहेका २६ मा १० दरबन्दी कटौती गरेर १६ मा झार्ने तयारीमा छ।

सोहीअनुसार प्रस्ताव बनाएर मन्त्रिपरिषद्मा लैजान गृहले तयारी गरिरहेको स्रोतले बतायो। डिआइजीको दरबन्दी घटाउन मन्त्रिपरिषद् र लोकसेवाको निर्णय चाहिन्छ। दरबन्दी घटाउनुको कारण उच्च पदको संख्या कटौती गर्दा नेतृत्वको प्रतिस्पर्धा स्वस्थ हुने, आर्थिक भार कम पर्ने तर्क गर्ने गरेको जानकारले बताए।

संघीयतामा जाँदा डिआइजीको दरबन्दी झनै बढ्न सक्ने र आर्थिक भार पनि बढ्ने भएकाले प्रहरी समायोजनअघि नै डिआइजीको दरबन्दी कटौती गर्ने गृहको तयारी छ।
तर अधिकांश उच्च प्रहरी अधिकारी डिआइजीको दरबन्दी कटौतीको विपक्षमा छन्। प्रहरी निरीक्षकमा भर्ना लिने बेला १३०/४० जना एकै पटक लिने तर अफिसरमा भर्ना भएको व्यक्ति तल्लो तहबाटै अवकाशमा जाने अवस्था आउनु संगठन र स्वयं व्यक्तिको लागि राम्रो नहुने उनीहरुको तर्क छ।

पूर्व डिआइजी हेमन्त मल्ल मान्छे‚ करिअर हेरेर संगठनमा प्रवेश गर्ने भएकाले करिअर नै देख्ने अवस्था नआए भोली भर्नामा प्रभाव पर्ने बताउँछन्। पूर्वडिआइजी मल्लले भने‚ ‘अहिले हचुवाको भरमा रातारात डिआइजीको दरबन्दी कटौती गर्दा त्यस्तो अवस्था नआउला भन्न सकिँदैन।’

nimb
nimb
Ncell 2
Ncell 2

२२ पद रित्तो, निमित्तको भर
बढुवा सिफारिस समितिले रिक्त एआइजीमा तीन जनाको बढुवाको सिफारिस गरेपछि अहिले प्रहरीमा चार जनामात्र डिआइजी रहेका छन्। नेपाल प्रहरीमा अहिले प्राविधिकबाहेक २६ जना डिआइजीको दरबन्दी छ।
अहिले प्रदेश २, सुदूरपश्चिम प्रदेश, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र महानगरीय प्रहरी कार्यालयमा मात्रै डिआइजी छन्। 

डिआइजीको अभावमा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णली प्रदेश, सुदूरपश्चिम प्रदेश, त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय, केन्द्रीय साइबर ब्यूरो,लागू औषध नियन्त्रण ब्यूरो निमित्तको भरमा चलिरहेको छ।
एआइजी प्रमुख रहने अपराध अनुसन्धान विभाग, प्रहरी प्रशिक्षण प्रतिष्ठान, मानव स्रोत तथा प्रशासन विभाग पनि एसएसपीको भरमा छन्। 

दरबन्दी कटौतीले एसएसपीको दौडधुप
सरकारले ठूलो संख्यामा डिआइजीको दरबन्दी कटौती गर्ने तयारी गरेसँगै बढुवाको मुखमा रहेका वरिष्ठ उपरीक्षक (एसएसपी)हरुबीच दौडधुप सुरु भएको छ।
शक्तिकेन्द्र रिझाएर बढुवा हुनका लागि  उनीहरु लागिपरेका छन्। ३४ जना एसएसपीहरु डिआइजी बढुवाको प्रस्पिर्धामा छन्। 
एसएसपीहरू घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, इश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, देबहादुर बोहरा डिआइजी बढुवाको प्रतिस्पर्धी हुन्। उनीहरु अहिले बढुवा सिफारिसमा परेका शैलेश थापा क्षेत्री र हरि पालका ब्याची हुन्।

त्यस्तै धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, दिवेश लोहनी, सौरभ राणा, रामकृपााल साह, उमेश रञ्जितकार, रवीन्द्रबहादुर धानुक, सहकुलबहादुर थापा, अरुणकुमार जिसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठलगायतका एसएसपी पनि डिआइजीको दौडमा छन्। 

यदि सरकारले हाल रहेको डिआइजीको २६ दरबन्दीमा कटौती गरेर १६ मा झारेको अवस्थामा उनीहरुमध्येबाट १२ जना एसएसपीले मात्रै बढुवा हुने मौका पाउनेछन्।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्