• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

कोरोनाको डरमा खेल उत्सव : तयारी पूरा तर अन्योल

64x64
सराेज तामाङ बुधबार, फागुन २१, २०७६  १८:२५
1140x725

काठमाडौं- कोरोना भाइरसको डर बढ्दै जाँदा त्यसको असर विश्व खेलकुदमा पनि देखिएको छ। ठूला खेल उत्सवहरु बन्द रंगशालामा गर्नेदेखि खेल नै स्थगितसमेत भइरहेका छन्। तर कोरोनाको उच्च जोखिममा रहेको भनिएको नेपालमा भने खेल उत्सवहरु नियमित नै छन्। 

सहिद स्मारक ‘बी’ डिभिजन लिगदेखि मोफसलका फुटबल प्रतियोगितासँगै अन्य खेल गतिविधि पनि चलिरहेका छन्। विश्वका स्टार खेलाडीहरु भेला गरेर चैत १ गतेदेखि एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट आयोजना गर्ने तयारी पनि भइरहेको छ। ठूलो तयारी भइसकेकाले नै आयोजक भनिरहेका छन्- ‘यहाँ डर छैन, प्रतियोगितालाई असर गर्दैन।’

तर ठूला सभा सम्मेलन र जमघट नगर्न र उच्च सतर्कता अपनाउन सरकारले नै आग्रह गरिरहेको छ। विद्यालयको वार्षिक परीक्षा छिटो सकाउनेदेखि सार्वजनिक स्थानहरुमा विशेष चनाखो हुन, अनावश्यक भिडभाडमा नजान सूचना प्रवाह भइरहेका छन्। 

यस्तोमा सबैभन्दा धेरै दर्शक देखिने नेपाली क्रिकेटमा क्रिस गेल, ड्वायन स्मिथ, उपुल थारङ्गा, कोरी एन्डर्सन जस्ता स्टार खेलाडी हेर्न कीर्तिपुर मैदानमा दर्शक ठूलो संख्यामा आउने नै छन्। अहिले खेलकुद भनेकै दर्शक जस्तो भएका बेला दर्शकबिनाको खेल खेलाउने सम्भावना पनि रहँदैन नै। 

चीनबाट फैलिएको कोरोना भाइरसले अहिलेसम्म ३१ सय भन्दा बढीको ज्यान लिइसकेको छ। ७० भन्दा बढी देशमा फैलिएको भाइरसका कारण विश्व समुदाय डरमा छ। ९२ हजारभन्दा बढी व्यक्तिलाई संक्रमण भएको बताइन्छ। 

बी डिभिजनमा टुसाल युथ क्लब भर्सेस सातदोबाटो युथ क्लबबीचको खेल।

खेलकुदका गतिविधि नहुनु नराम्रो देखिने भए पनि स्वास्थ्यका विषयमा हेलचक्र्याइँ गर्नु झनै भुल हुन सक्छ। इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर भने प्रतियोगिता नरोकिने दाबी गर्छन्। ‘इपिएल हुन्छ। कोरोनाले केही असर गर्दैन।’

अख्तरले कुनै अनुसन्धान र जाँचमा आधारित रहेर बोलेको नभई आफ्नो ठूलो तयारी खेर जाने डरले प्रतियोगितालाई केही हुँदैन भनेको स्पष्ट छ। तर अरु विषयमा गम्भीर देखिएको सरकारी निकाय खेलकुद गतिविधिमा के गर्ने र सञ्चालन गर्ने नै भए कसरी गर्ने भन्नेमा स्पष्ट हुनु जरुरी छ। 

हुन पनि अहिले त इपिएलको तयारी अन्तिम अवस्थामा पुगिसकेको छ। कुन टिमले कस्ता विदेशी खेलाडीहरु ल्याउने लगभग पक्कापक्की भइसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाको बढ्दो डरकै कारण सर्वोच्च अदालतमा परेको रिटमा फागुन १९ गते सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारलाई अन्तरिम आदेशसमेत दिएको छ। यस्तै सरकारले पनि चैत्र ५ गतेभित्रै कक्षा ९ सम्मका सम्पूर्ण विद्यालयका वार्षिक परीक्षा सकाउन निर्देशन दिएको छ। त्यस्तै, ठूला कार्यक्रम, सभा तथा पार्टी नगर्न स्थानीय तहमा समेत निर्देशन भइरहेका छन्। 

यो सबैका बीच इपिएल के हुने भन्नेमा अन्योल आएको इपिएलकै एक टिम ललितपुर प्याट्रियोट्सका प्रशिक्षक राजु बस्न्यात बताउँछन्। ‘अब हाम्रो टिम त तयारी अवस्थामै छ। विश्वमै परेको प्रकोपविरुद्ध जोखिम लिन सकिँदैन। यसरी नै भाइरस नरोकिएर झन फैलिँदै गयो भने प्रतियोगिता सार्नु पर्ने अवस्था आउँछ’ उनले भने। 

यता, काठमाडौं किंग्स इलाभेनका म्यानेजर विजयकुमार धिताल विश्वका चर्चित खेलाडी आउने हुँदा मिति सार्न नहुने तर्क गर्छन्।

‘अन्तर्राष्ट्रिय क्रिकेटको खेल तालिका मिलाएर चर्चित खेलाडी आइरहेका छन्। तर हामीले खेल तालिका सार्दा नेपाल आएका विश्व चर्चित खेलाडीको लागि त्यो खेल तालिका उपयुक्त नहुन सक्छ’, म्यानेजर धिताल थप्छन्, ‘बरु सरकारले आयोजकलाई कोरोनाविरुद्ध यो–यो कुरा पूरा गरेर प्रतियोगिता आयोजना गर्नु भनेर दिए हुन्छ कि। यो मेरो विचार हो। अब सरकारले हैन इपिएल पनि रोक्नु पर्छ भन्छ भनेर कसको के लाग्छ र!’  

Xtrem

Xtrem

अहिले थाइल्यान्डमा जारी एसिसी टि–२० पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा पनि म्यानमार, चीन र भुटानले भाग लिएनन्। कारण कोरोना भाइरसको डर नै हो। तर त्यहाँ नेपाल निर्धक्क सहभागी भएको छ। 

विश्व खेलकुदका विभिन्न गतिविधि सञ्चालन गर्ने अधिकार प्राप्त निकायहरु नेपालमा जस्तो अनिर्णयमा भने देखिँदैनन्। बन्द रंगशालामा खेल गराउनेदेखि कतिपय खेलहरु स्थगितसमेत भएका छन्। उदाहरणका लागि भ्यालेन्सिया र एटलान्टाबीचको च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल खेल खाली रंगशालामा आउँदो हप्ता हुँदैछ।

यसैले बी डिभिजन लिगदेखि इपिएल जस्ता प्रतियोगिता के गर्ने भन्नेमा सम्बन्धित निकायले छिटो निर्णय गर्नुपर्ने देखिन्छ। 

यो पनि पढ्नुहोस

विश्व खेलकुदमा कोरोनाको असर : खाली रंगशालामा फुटबल 

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सोमबार, असोज १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज १९, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
बालेनलाई ज्ञानेन्द्र शाहीको जवाफ: धन्न पृथ्वीनारायण शाहले नेपाल बनाएर प्रधानमन्त्री हुन पाएका छौँ आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्