• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

विश्व खेलकुदमा कोरोनाको असर : खाली रंगशालामा फुटबल 

64x64
नेपाल लाइभ मंगलबार, फागुन १३, २०७६  १३:३९
1140x725

काठमाडौं- इटालियन क्लब इन्टर मिलानले युरोपा लिगको अन्तिम ३२ टिमको खेलमा बुल्गेरियन क्लब लुडोगोरट्स राज्गार्डविरुद्ध खेल्दैछ। तर, बिहीबार राति इन्टर मिलानको घरेलु मैदानमा हुने खेलमा दर्शक भने हुने छैनन्। यसको कारण हो कोरोना भाइरसको डर। 

गएको आइतबार नै इटालियन सिरी ए अन्तर्गत हुनुपर्ने चार खेल पनि कोरोनाकै डरले स्थगित गरिएको थियो। जसमध्ये इन्टर मिलानमै हुनुपर्ने इन्टर मिलान र साम्पोडोरियाबीचको खेल पनि हो। त्यस्तै टोरिनो र पार्मा, भेरोना र काग्लिएरी साथै सासुओलो र एटलान्टाबीचको खेल पनि स्थगित गरिएको थियो। 

अहिले युरोपा लिग अन्तर्गतकै खेल पनि कोरोनाको डरले प्रभावित हुने देखिएपछि विभिन्न क्लब, सरकारी अधिकारी र युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएबीच कुराकानी भइरहेको छ। 

अहिलेसम्म १ सय ६५ बिरामी भेटिएको इटाली युरोपमा कोरोना भाइरसका सबैभन्दा बढी बिरामी भेटिएको देश हो। कोरानाकै कारण मिलानमा धेरै विद्यालय र क्याम्पसहरु बन्द भए पनि सार्वजनिक यातायातका साधन भने सञ्चालनमा नै छन्। 

यसले कोरोना भाइरस सुरुमा भेटिएको चीन र अहिले इटालीमा मात्रै होइन अरु विभिन्न देशमा खेलकुद गतिविधिमा असर पुर्‍याइरहेको छ। 

च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत इटालियन क्लब नापोली र स्पेनिस क्लब बार्सिलोनाबीच नापोलीको मैदानमा हुने खेलका लागि इटाली जानुअघि बार्सिलोनाका सबै खेलाडीले कोरोना परीक्षण गरेका थिए। इटालीले आफ्नो देश आउने हरेकले जाँच पूरा गर्नुपर्ने उल्लेख गरेको छ। 

इटालीमा देखिएका कोराना संक्रमितले गर्दा खेलबारे नै विभिन्न प्रश्नहरु उठिरहँदा बार्सिलोनाका प्रशिक्षक क्विके सेटियन भने आफूले कोरोनाबारे चिन्ता नलिएको बताएका छन्। ‘कोरोनाका कारण मेरो टिमलाई लिएर मलाई चिन्ता छैन। अहिलेसम्म जो जतिलाई संक्रमण भएको छ उनीहरुका लागि मेरो साथ छ। यो जोकसैलाई हुन सक्ने संक्रमण हो, आश गरौँ यसबाट छिटो सबैलाई छुटकारा मिलोस्’ उनले भनेका छन्। 

दक्षिण कोरियामा स्केटिङ च्याम्पियनसिप हेरिरहेका दर्शक। 

अहिलेका खेल गतिविधि मात्रै होइन २४ जुलाई २०२० देखि हुने तय भएको टोकियो समर ओलम्पिकलाई पनि कोरोनाले असर गर्ने डर विश्व खेलकुदमा देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विश्व खेलकुदमा कोरोनाका कारण कस्तो असर भइरहेको छ? केही उदाहरण हेरौँ,
- रग्बीका लागि अस्प्रेस र अल्सटरको टिम २९ फेब्रुअरीमा हुने खेलका लागि २४ फेब्रुअरीमा इटाली जानुपर्ने थियो तर स्थगित भयो। इटालियन रग्बी फेडेरेसनले २८ फेब्रुअरीदेखि मार्च १ सम्म हुने राष्ट्रिय च्याम्पियनसिपका खेलहरु पनि स्थगित गरेको छ। 

- दक्षिण कोरियाको लिग फुटबल ‘के लिग’का खेलहरु पनि सरेका छन्। त्यसमध्ये एफएफसी च्याम्पियन्स लिगमा खेल्ने चार टिमहरु बन्द रंगशालामा खेले। 

- इटालीमा सिरी ए का केही खेलहरु पनि स्थगित भएका छन्। यस्तै सिरी बी र सिरी डी का खेलहरुका साथै केही युवा टिमका खेलहरु पनि कोरोनाकै कारण स्थगित गरिएका छन्। 

- रग्बीमा नै स्कटल्याण्ड महिला टिम र इटालीबीच हुने भनिएको खेल पनि स्थगित भयो। 

Xtrem

Xtrem

- २०२२ को विश्वकप फुटबलका लागि भइरहेको छनोटमा चीनले घरेलु मैदानमा खेल्नुपर्ने माल्दिभ्स र ग्वामसँगको खेलहरु थाइल्याण्डमा सारिएको छ। जहाँ बन्द रंगशालमा नै फुटबल खेलाउने तयारी छ। 

- टेबल टेनिस विश्व च्याम्पियनसिप अन्तर्गत पहिलो चरणमा हुनुपर्ने खेलहरु दक्षिण कोरियाले स्थगित गरेको छ। विश्व स्वास्थ्य संगठनको सुझाव लिएर खेलका लागि नयाँ स्थान तोक्ने तयारी भइरहेको छ। 

इटालियन क्लब रोमाका दर्शकहरु खेल हेर्दै। 

- टेनिस अन्तर्गत चीनमा हुने महिला सिआन ओपनका खेलहरु पनि स्थगित भएका छन्। विश्व टेनिस एशोसियसनले अवस्थाको निरीक्षण र अनुसन्धानपछि खेल कसरी हुने भन्नेबारे निक्यौल गर्ने जनाएको छ। 

- टेनिस अन्तर्गत नै डेभिस कपको खेल खेल्न चीनको पुरुष टिम रोमानिया जान असमर्थ रह्यो। जसले गर्दा चीनको प्लेअफ खेल नै छुट्यो। 

- बीच भलिबल अन्तर्गत याङजाओमा हुनुपर्ने प्रतियोगिता २०२० को टोकियो ओलम्पिकसम्मका लागि स्थगित गरिएको छ। 

- फेब्रुअरी २९ देखि सिंगापुरमा हुने भनिएको एसियन मिक्स मार्सल आर्टका खेलहरु पनि दर्शकबिना बन्द कभर्ड हलमा हुने भएको छ। 

- अस्ट्रेलियाको मेलबर्नमा जिम्न्यास्टिक विश्वकपमा पनि चीनको टिम सहभागी हुन पाएन। 

- मार्चमा काजकिस्तानमा हुने भनिएको एसियन भारोत्तोलन च्याम्पियनसिप अन्तर्गतका खेलहरु उज्बेकिस्तानमा सारिएको छ। 

- गल्फ अन्तर्गत युरोपियन टुर मेब्यान्क च्याम्पियनसिप र भोल्भो चाइना ओपनका खेल अप्रिलमा हुने तय भए पनि अहिलेलाई स्थगित भएको छ। 

- बास्केटबलमा फिबा एसिया कप बास्केटबलको छनोटमा जापान र चीन, फिलिपिन्स र थाइल्याण्ड साथै चीन र मलेसियाबीच हुनुपर्ने खेलहरु स्थगित भएका छन्। 

थाइल्याण्डको बुरीराम युनाइटेडका खेलाडी अभ्यासका लागि मैदानमा जाँदै। 

- अप्रिलमा हुने तय भएको रग्बी अन्तर्गत सिंगापुर र हङकङबीचको विश्व रग्बी सेभेन्स सिरिजका खेलहरु अक्टोवरसम्मका लागि भनेर स्थगित गरिएको छ। 

- गल्फ अन्तर्गत चीनले पिजिए टुर सिरिजका दुई छनोट प्रतियोगिता नै हालका लागि स्थगित गरेको छ। यस्तै नियमित हुनुपर्ने अन्य प्रतियोगिताहरु पनि हुन सकेका छैनन्। 

- कोरोनाकै कारण भन्दै फर्मुला वान अन्तर्गत सांघाइमा हुनुपर्ने चाइनिज ग्रान्ड पिक्सका खेल पनि सारिएको छ। सरेको खेल कहिले हुने भन्ने यकिन छैन। 

- गल्फ अन्तर्गत होन्डा एलपिजिए थाइल्याण्ड इभेन्टका खेलहरु स्थगित भएका छन्। साथै एचएसबिसी महिला विश्व च्याम्पियनसिपका खेलहरु सिंगापुरमा हुने भनिए पनि स्थगित भएका छन्। यस्तै थाइल्याण्डमा हुने एम्योचर एसिया प्यासिफिक गल्फ च्याम्पियनसिपका खेलहरु थाइल्याण्डमा १२ देखि १५ फेब्रुअरीमा हुने भनिए पनि स्थगित भएको छ। 

- हक्की अन्तर्गत हक्की प्रो लिगमा चीन र अस्ट्रेलियाबीच हुनुपर्ने खेल स्थगित भएको छ। 

- एएफसी कप फुटबल अन्तर्गतका खेलहरु गर्न नसकिने भनेर भियतनामले घोषणा गरेको छ। यस्तै एसियन च्याम्पियन्स लिगमा चीनका क्लबहरु संलग्न सबै खेलहरु सारिएको छ। तर कहिले हुने भन्ने यकिन छैन। 

- चीनको सान्यामा फर्मुला इ मोटर रेसिङ सिरिजका खेलहरु हुने तय भए पनि स्थगित भएको छ। 

- ब्याडमिन्टनमा चाइना मास्टर टुर्नामेन्टबाट केही खेलाडीले आफ्नो नाम झिकेपछि प्रतियोगिता नै स्थगित भयो। अप्रिलमा हुने भनिएको ब्याडमिन्टन एसिया च्याम्पियनसिप पनि अन्योलमा छ। 

- चीनको महिला राष्ट्रिय फुटबल टिमले मार्चमा दक्षिण कोरियासँग घरेलु मैदानमा खेल्नुपर्ने खेल अस्टे«लियाको सिड्नीमा सारिएको छ। त्यसका सहभागिताका लागि चीनका खेलाडीलाई अहिलेदेखि नै क्वारेन्टाइनमा राखिएको छ। 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्