काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिताका खेल काठमाडौंमा आयोजना हुनेछन्। प्रतियोगिताको तेस्रो संस्करणमा क्यानले पुरस्कार राशि उल्लेख्य रूपमा वृद्धि गरेको छ।
प्रतियोगिताको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेताले ८० लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यस संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ। अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर तथा बंगलादेशका शाकिब अल हसनजस्ता खेलाडीको सहभागिताले नेपाली क्रिकेटप्रेमीमा उत्साह थप्ने अपेक्षा गरिएको छ।
एनपीएलले नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेटको पहिचान विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।