काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्न दश हजार प्रशिक्षक तयार गर्ने भएको छ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले देशभरका स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्न प्रशिक्षक तयार गर्ने भएको हो। उपसभापति विमलेन्द्र निधिसहित केन्द्रीय प्रतिष्ठानका पदाधिकारी, सदस्यहरु तथा जिल्ला प्रशिक्षण शाखाका प्रमुखको बैठकले उक्त निर्णय गरेको हो।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा ५ लाख क्रियाशील सदस्यहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्ययोजना प्रस्तुत गरिएको थियो। बैठकले ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वडाहरुमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टीभित्र विवाद बढ्दै गएपछि संस्थापन इतर पक्ष भने बैठकमा उपस्थित भएन। पार्टी जिल्ला उपसभापति जिल्ला प्रशिक्षण शाखाको प्रमुख हुने व्यवस्था छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय भेलाले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।