• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

फोरजीमा बदमासी : खरिद सम्झौतामा अमेरिकी एन्टेना, जडानमा चिनियाँ

अमेरिकी नपाएपछि केही चिनियाँ प्रयोग गरेका हौं-टेलिकम प्रबन्ध निर्देशक
64x64
उत्तम काप्री बुधबार, फागुन २१, २०७६  १८:१६
1140x725

काठमाडौं–फोरजी बिस्तार सम्झौतामा नेपाल टेलिकमको टावरमा अमेरिकी एन्टेना राख्नुपर्ने सर्तविपरीत ठेकेदार कम्पनीले गुणस्तरहीन चिनियाँ  उपकरण जडान गरेको खुलेको छ।

ठेक्का पाएको कम्पनीले टेलिकमका अधिकारीहरूकै स्वीकृतिमा महंगो र गुणस्तरीय अमेरिकी एन्टेनाको साटो गुणस्तरहीन चिनिया एन्टेना प्रयोग गरेको हो। अमेरिकी उत्पादनको साटो चिनिया उत्पादन प्रयोग गरे पनि ठेक्का कबुल गर्दाको मूल्य भने जस्ताको त्यस्तै छ।

एक वर्षभित्र ७७ जिल्लामा फोरजी सेवा बिस्तार गर्ने लक्ष्यसहित टेलिकमले हङकङस्थित सिसिएसआई कम्पनी र कोर नेटवर्कको काम चिनियाँ कम्पनी जेडटिईलाई १९ अर्बको ठेक्का दिएको थियो।

टेलिकमले अहिले ७७ वटै जिल्लामा फोरजीको ‘सफ्ट लन्च’ गरिसकेको छ। झन्डै १९ अर्ब रुपैयाँ खर्चँदै फोरजी बिस्तार गरिरहेको टेलिकमले पूर्वाधारमा मात्रै करिब ८ अर्ब रुपैयाँ र बाँकी कामका लागि करिब ११ अर्ब रुपैयाँ खर्च गरिरहेको छ।

तर, फोरजीका लागि आवश्यक टावरमा प्रयोग गर्ने एन्टेना भने सम्झौता उल्लेख भएको भन्दा बाहिर गएर चिनियाँ प्रयोग भएको छ। ठेक्का सम्झौतामा अमेरिकी एन्टेना नै उल्लेख छ। टेलिकमले ठेकेदारलाई अमेरिकी एन्टेनाकै रकम भुक्तानी गरेको छ। तर उपकरण भने चिनियाँ जडान भइरहेको छ। 

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ठेकेदार कम्पनीसँगको मिलोमतोमा गुणस्तरहीन उपकरण जडान गरेको स्रोतको दाबी छ।

फोरजी बिस्तारका क्रममा सम्झौताविपरीत चिनियाँ एन्टेना प्रयोग भएको टेलिकम प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी आफैं स्वीकार्छन्। किन चिनियाँ एन्टेना जडान गरेको भन्ने नेपाललाइभको प्रश्नमा उनले ‘अमेरिकी एन्टेना नपाएपछि केही एन्टेना चिनियाँ प्रयोग भएको’ दाबी गरे।

अमेरिकी उत्पादनको साटो चिनियाँ उत्पादन प्रयोग गर्दा मूल्य थपघट हुनु सामान्य हो। अमेरिकी एन्टेनाको तुलनामा चिनियाँ एन्टेना सस्तो छ। सम्झौताभन्दा बाहिर गएर उपकरण जोडेको स्वीकार गर्ने अधिकारीले रकम घटबढ भए/नभएको विषयमा भने केही खुलाउन चाहेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘टेलिकमले ८ अर्ब पूर्वाधार निर्माण र बाँकी ११ अर्बभन्दा बढी रकम फोरजीमा खर्च गर्ने गरी दुई पक्षीय सम्झौता गरेको हो,’ अधिकारीले नेपाल लाइभसँग भने, ‘पूर्वाधारका कारणले नै फोरजी महंगो भएको हो। यही पूर्वाधारबाट भविष्यमा फाइभ जी पनि बिस्तार गर्न सकिन्छ।’ 

टेलिकमले झन्डै १९ अर्ब रुपैयाँ भित्रबाट ६ सय ४० वटा टावर पनि निर्माण गर्ने गरी सम्झौता गरेको उनको भनाइ छ। जसमध्ये अहिलेसम्म २ सय ५० भन्दा बढी बिटिएस टावर निर्मााणको काम सकिसकेको उनको दाबी छ।

सम्झौतामा अमेरिका, क्यानडा, युरोप, फिनल्यान्ड र अस्ट्रेलियामा बनेको उपकरण प्रयोग गर्ने उल्लेख भए पनि केही एन्टेना अमेरिका तथा युरोपमा पनि नपाएपछि चिनियाँ प्रयोग गरेको प्रबन्ध निर्देशक अधिकारी बताउँछन्। 

‘मेजर एन्टेना चिनियाँ छैनन्,’ उनले दाबी गरे, ‘केहीचाँहि चिनियाँ प्रयोग भएको छ। गुणस्तर र डिजाइनमा कुनै कमी गर्न दिएका छैनौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अधिकारीको यो भनाइबाट फोरजी बिस्तारमा सम्झौताभन्दा बाहिर गएर उपकरण जडान भएको पुष्टि हुन्छ। तर, उपकरण परिर्वतन गर्दा पनि टेन्डर सम्झौतामा उल्लेख भएको रकम तलमाथि नगरेकाले यसमा आर्थिक हिनामिनाको पक्षसमेत जोडिएको छ नै।

नेपालकै दुई वटा उदाहरण हेर्ने हो भने टेन्डर सम्झौताभन्दा बाहिर गएर सामान जोड्न पाइँदैन। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चिनियाँले सम्झौताभन्दा बाहिरको चिनियाँ उपकरण जडान गर्न लाग्दा नेपाल नागरिक प्राधिकरणले उक्त सामान जफत गरेको थियो। 

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि एक वर्ष अगाडि लुम्बिनी विकास कोषका लागि भनेर खरिद गरेको विद्युतीय बस मेड इन चाइना हुनुपर्ने ठाउँमा भारतीय भएपछि फिर्ता गर्ने निर्णय गरेको थियो। 

तर, टेलिकमले अमेरिकी एन्टेनाको ठाउँमा चिनियाँ एन्टेना जडान गर्दा पुनः टेण्डरको प्रकृया नै गरेन। न उसले तोकिएकै सामान ल्याउन ठेकेदारलाई निर्देशन दियो, न सामानको मुल्यांकन र गुणस्तर नै जाँच गरेको देखियो।

अख्तियारमा उजुरी, तर मौन

यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ महिना अगाडि नै उजुरी परेको थियो। तर, अख्तियारले यो विषयमा वास्तै गरेन। स्रोतका अनुसार ७० करोड घुसकाण्डमा मुछिएका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको दबाबमा अख्तियारको फाइल रोकिएको अख्तियारका एक अधिकारीले दाबी गरे। अहिले बाँस्कोटा निवर्तमान भइसके। तै पनि अख्तियारले यो विषयमा अनुसन्धान भने अगाडि बढाएको छैन।

प्रबन्ध निर्देशकले स्वीकारे गडबडी

टेलिकम प्रबन्ध निर्देशक अधिकारी आफैं अमेरिकी एन्टेनाको ठाउँमा चिनियाँ प्रयोग गरेको स्वीकार गर्छन्। उनले अमेरिकी एन्टेना नपाएपछि केही चिनियाँ एन्टेना जडान गरिएको र त्यसबारे सबैतिरबाट गुनासो आएपछि अहिले जर्मन एन्टेना प्रयोग भएको बताए।

ठेक्काको प्रकृया अनुसार यदि जर्मन एन्टेना नै प्रयोग गर्ने हो भने पनि सम्झौता प्रकृयामा परिर्वतन हुनुपर्छ। मूल्यांकन हुनुपर्छ। तर टेलिकमका सीमित व्यक्तिको मिलेमतोमा ठेक्कामा राखिएको सर्तविपरीतको काम भइरहेको प्रबन्ध निर्देशककै भनाइबाट पुष्टि हुन्छ। 

प्रबन्ध निर्देशक अधिकारीको दाबी-एन्टेना नै पाइएन

किन चिनियाँ एन्टेना जडान गरिएको भन्नेबारे प्रबन्ध निर्देशक अधिकारीको आफ्नै तर्क छ। उनका अनुसार अमेरिका र मेक्सिकोबीचको विवादले अमेरिकी एन्टेना नै पाइएन।

‘हामीले सम्झौतामा उल्लेख गरेको एन्टेना उत्पादन कम्पनी अमेरिकी सीमानजिकै रहेको मेक्सिकोको क्षेत्रको थियो, तर त्यो बन्द भयो,’ उनले दावी गरे, ‘यसले समस्या भएपछि एन्टेना उत्पादन गर्ने उद्योग ब्राजिल, भारत र चीन स¥यो। त्यो हाम्रो सम्झौताभन्दा बाहिर रहेका कारण चीनमा उत्पादन भएको एन्टेना प्रयोग गरिरहेका छौँ।’

त्यसको विषयमा विभिन्न ठाँउबाट उजुरी आउन थालेपछि अहिले भने ‘मेड इन जर्मन’ भन्ने उल्लेख भएको जर्मनमा उत्पादन भएको एन्टेना प्रयोग भएको उनले दाबी गरे।

निर्देशकको मिलेमतो

अख्तियारमा २०७६ मंसिर १२ मा उजुरी परेको थियो। सो उजुरीमा एन्टेना खरिदका सबै पाटाहरु उल्लेख गरिएका छन्। तर अख्तियारले अझै छानबिनमा चासो देखाएको छैन। अख्तियारमा परेको उजुरी जस्ताको त्यस्तैः

नेपाल टेलिकमभित्र मतुकआनन्द वैद्य सिटीओजस्तो प्रमुख जिम्मेवारीमा रही नेपाल टेलिकमको हितविपरीत भेन्डरहरुका लागि स्पेसिफिकेसन मिल्ने र सोहीअनुसार गर्ने गरी तयार पार्ने कार्यमा सक्रिय रहेको टेलिकमभित्रका कर्मचारी तथा संघको गुनासो प्रबन्ध निर्देशकलाई बारम्बार गरेको अवस्था थियो।

यसैगरी केन्द्रीय कार्यालयको प्रमुख विभाग (अति गोप्य र महत्वपूर्ण रहेको। प्रमुख पदमा सोही केन्द्रीय कार्यालयको प्रमुख विभागको विजनेस डाइरेक्टर पदमा रहि काम गर्दै रहेकी प्रतिभा वैद्य आनन्द वैद्यको श्रीमतीसमेत रहेको जानकारी गराउँदै उक्त शाखाबाट हुने सबैजसो कार्यमा दुवै जना संलग्न रहेको प्रमाण निर्णय टिप्पणीमा दुवैको सहीले नै जनाउँछ।

यसरी गरेका कामहरुमा श्रीमान–श्रीमती मिली अरुलाई पनि आफ्नो दुवै पदको अनुचित फाइदा लिएर पेलेर गर्ने गरेको भुक्तभोगी कर्मचारीले बताउने गरेका छन्। यसरी श्रीमान र श्रीमती महत्वपूर्ण पदमा बसि कुनै पनि टेक्निकल÷बिजनेससम्बन्धी काम कुरामा हस्तक्षेप गर्न र सीमित भेन्डरले चाहेको जसरी पनि कुरालाई मिलाउन श्रीमतीलाई प्रयोग गरी र प्रभावमा पारी प्रबन्ध निर्देशकलाई समेत प्रभावमा पार्ने काम श्रीमान÷श्रीमतीबाट भएको कुरा प्रबन्ध निर्देशकको सचिवालयको कर्मचारीले बताएका छन्। सो बारेमा कर्मचारी र संघबाटै कुरा बारम्बार उठ्ने गरेको छ।

यसैगरी नेपाल टेलिकममा सीटीओले फोरजी  लाइट प्रोजेक्टको लागि आवश्यक बीटीएसको लागि एन्टेना राम्रो कम्पनीबाट ल्याउने कन्ट्री अफ ओरिजन कुबल रहेको र सोही अनुसारको पेमेन्ट सीटीओले भेन्डरको इच्छा अनुसार  कमसल खालको एन्टेना  र सोको लागि कन्ट्री अफ ओरिजन पनि परिर्वतन  गराउन र गर्न लगाई सबै मिलाएको कुरासमेत जानकारी गराउँदै यसरी राज्य र कम्पनीमाथि समेत खेलबाड गरेको पाइएको छ। यसमा संलग्नमाथि समेत छानबिनको जोडदार मार्ग कर्मचारीबाट पनि भएको पाइन्छ।

यसैगरी, नेवार समुदायलाई हातमा लिएकै कारणले एमडी र नेपाल टेलिकमको बोर्डलाई पनि प्रभावित पार्ने जातीय राजनीतिमा समेत सीटीओ र उनको श्रीमती जोडिएको कर्मचारीहरु बताउँछन् । यसैगरी सबैजसो काम र स्पेसिफिकेसन तयार गर्ने कार्यमा सलग्न भएको र नेपाल टेलिकमको हितविपरीत सीमित भेन्डरहरु सँग एक्लै र श्रीमतीसमेत बसेर आफू अन्तर्गतका कर्मचारीहरुलाई समेत मिलाउने काम भएको जानकारी गराउछौं।

यसरी सबैजसो काम र स्पेसिफिकेसन तयार गर्ने कार्यमा श्रीमान÷श्रीमती  नै संलग्न भई संस्थाको हितविपरीत भएको जानकारी समेत गराउँछौं।

कहाँ पुग्यो फोरजी प्रकृया?

नेपाल टेलिकमले २०७३ पुस १७ मा पोखरा र काठमाडौं उपत्यकामा फोरजी सेवा सुरु गरेको थियो। सोही आयोजनालाई दीर्घकालीन कार्ययोजनाअन्र्तगत नेपाल टेलिकममार्फत् देशभरका ६५ लाख ग्राहकमा फोरजी बिस्तार गर्ने प्रकृया झन्डै दुई वर्ष अगाडिदेखि नै सुरु भएको थियो।

यसका लागि टेलिकमकी पूर्व प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको नेतृत्वमा रहेको टेलिकमले स्पेसिफिकेसन तयार गराई ग्लोबल टेण्डरको मुल्यांकन भइसकेको बेला फोरजी बिस्तारमा आर्थिक हिनामिना भएको भन्दै अख्यिारमा उजुरी परेको थियो।

उक्त उजुरीमा अख्तियारले झन्डै १० महिनापछि २०७५ कात्तिममा सफाइ दिएको थियो। त्यससँगै टेलिकमले २०७५ पुस १० मा रेडियो एक्सेस नेटवर्क (र्‍याम) को काम हङकङस्थित सिसिएसआई कम्पनी र कोर नेटवर्कको काम चिनियाँ कम्पनी जेडटिईलाई १९ अर्बको ठेक्का दिएको थियो। सोही आधारमा कम्पनीले अहिले ७७ जिल्लामै फोरजीको ‘सफ्ट लन्च’ गरिसकेको छ। यो कम्पनीलाई ठेक्का दिने गरी अख्तियारबाट सफाइसमेत पूर्वमन्त्री बाँस्कोटाले नै मिलाएका थिए।

फोरजी बिस्तारको ग्लोबल टेन्डरसमेत गरेर मूल्यांकन गरिसकेको बेला कामिनी राजभन्डारीलाई बाँस्कोटाले नै बर्खास्त गरेका थिए। त्यतिबेला फोरजी सेवा बिस्तारमा ढिलाइ, अप्टीकल फाइबर बिस्तारमा ढिलासुस्ती, टेलिकमको आम्दानी खस्किएको लगायतका विभिन्न आरोप राजभण्डारीलाई लगाइएको थियो। 

राजभण्डारी बर्खास्त भएसँगै तत्कालीन मन्त्री बाँस्कोटाले फोरजी सेवा बिस्तारको ठेकेदार चयनको प्रकृयालाई तीव्र बनाए। तर बाधक थियो अख्तियार। फोरजी सेवा बिस्तारको ठेक्कामा भ्रष्टाचार भएको भन्दै आयोगमा उजुरी थियो। उजुरी टुंगो नलाग्दा काम रोकिएको थियो। फोरजी बिस्तारमा काम नगरेको भन्दै राजभण्डारीलाई हटाएका बाँस्कोटाले त्यसपछि अख्तियारमा रहेको निवेदन टुंग्याउन पहल गरे। राजभण्डारीको पालामा करिब १० महिना टुंगो नलागेको उजुरी उनको बर्खास्तीलगत्तै टुंगियो । 

गत कात्तिकमा आयोगले मन्त्रालयलाई पत्र पठाएर फोरजी परियोजना अघि बढाउन बाटो खोलिदियो। आयोगको निर्देशनले बाँस्कोटालाई आफूअनुकूल काम गर्न सहज बनाइदियो र उनले राजभण्डारीकै पालाको प्रक्रियालाई निरन्तरता दिँदै फोरजी परियोजना अघि बढाए।

उजुरी नेपाल टेलिकमविरुद्ध परेको थियो। तर अख्तियारले फोरजीको काम सुरु गर्न निर्देशन दिँदा मन्त्रालयलाई तोक्यो। अख्तियारले पठाएको निर्देशन नेपाल टेलिकमको नाममा नआई मन्त्रालयको नाममा आएको भन्दै बाँस्कोटा ठेक्का प्रकृयामा आफैं सक्रिय भए।

फोरजीको ठेक्कामा मन्त्रीको सहयोगीको रुपमा प्रबन्ध निर्देशक अधिकारी हावी भए। 

उनी प्रबन्ध निर्देशक नियुक्त हुनुभन्दा अगाडि नै मन्त्री बाँस्कोटासँग विदेश भ्रमणमा जाँदा सँगै उँट चढेको तस्बिर सार्वजनिक भएको थियो। 

यसरी तत्कालीन मन्त्री बाँस्कोटाले आफूले चाहे अनुसारकै कम्पनीलाई फोरजीको १९ अर्बको ठेक्का दिलाए। ठेक्का प्रकृयामा अधिकारी संलग्न देखिएनन्। तर भित्री रुपमा बाँस्कोटालाई सघाउने र योजना बनाउन उनी नै खटिएको जानकार स्रोतले बतायो। 

‘कागजपत्र कसरी मिलाउन सकिन्छ भनेर सबै काममा अधिकारी नै खटिएका थिए,’ स्रोतले भन्यो‘ पदमा पोखरेल थिए, तर काम सबै अधिकारीले गरे।’


 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्