काठमाडौँ– प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रप्रा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगीका नाइके जीबी राई कहाँ छन् भन्ने प्रश्न गरेका छन्।
मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरेका हुन्।
‘झण्डै ७३ लाख ८१ हजार जनताको पैसा ठगी भएको छ सहकारीमा। राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो। यो खोजी कार्य जारी गर्न पर्यो,’ शाहीले भने।
पार्टी प्रतिपक्षमा हुँदा जीवीलाई पक्रेर ल्याउँछु भन्ने अहिलेका गृहमन्त्री कहाँ छन् भन्ने प्रश्न पनि शाहीले गरे। ‘हिजो प्रतिपक्षमा हुँदा जीवी राई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नु भएको छ। राईलाई कहाँ लुकाएर राख्नुभएको छ,’ शाहीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।