काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार विराटनगर किंग्स र चितवन राइनोज तथा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरमा हुने दिनका पहिलो खेलमा विराटनगर र चितवन दिउँसो १२:३० बजे आमनेसामने हुनेछन् भने दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्नेछन्।
आजको पहिलो खेल एनपीएलको दोस्रो खेल हो।
त्यस्तै, दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्नेछन्। एनपीएलको तेस्रो खेलका रूपमा रहेको यो प्रतिस्पर्धा राति खेलिने तालिकाअनुसार अपराह्न ४:३० बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।