काठमाडौं– विश्वमा कोरोना संक्रमणको जोखिम बढेसँगै नेपालीहरुको गन्तव्य मुलुक कुवेतले वर्कपर्मिटमा तत्कालका लागि रोक लगाएको छ।
अन्य सबै प्रकारका भिसासँगै कामदार भिसामा समेत आप्रवासी तत्कालका लागि कुवेत सरकारले रोक लगाएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए।
‘नेपालीका लागि मात्र होइन कुवेतले कामदार लैजाने सबै मुलुकका लागि तत्कालका लागि वर्कपर्मिट बन्द गरेको छ, अब भिसा खुल्ला गरेपछिमात्रै हामी त्यहाँ कामदार पठाउन सक्छौं‚’ महासचिव श्रेष्ठले भने।
कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका अन्य मुलुकहरुमा कामदार पठाउने वा नपठाउने विषयमा सरकारसँग छलफल भइरहेको संंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।